चलचित्र रिलिज अगाडी प्रमोशनको चटारो निकै व्याप्त हुन्छ, कलाकार र निर्माण टिमलाई। प्रेस भेटघाट देखि अन्तर्वार्तासम्म कलाकार दौडधुप चलिरहेको हुन्छ। यो संगै पछिल्लो समय चलेका टेलिशृंखला र रियालिटी शोजमा कलाकार पुग्ने क्रम व्यापक रहेको छ। चलेका हास्य सिरियलहरु ‘सक्किगोनि’ ,’मेरी बास्सै’ संगै रियालिटी शोज ‘कमेडी च्याम्पियन’, ‘नेपाल आइडल’ लगायतमा कलाकार पुग्न दौडधुप नै रहेको हुन्छ।
पछिल्लो समय ‘सक्किगोनि’ टिम भद्रगोलमा रहदा त लामो समयसम्म यो चलचित्र प्रमोशनको गतिलो माध्यम बन्न सफल भएको थियो। सक्किगोनिमा पछिल्लो पटक चलचित्र ‘सेन्टिभाइरस’ टिम पुगेको थियो। कमेडी च्याम्पियनमा त धेरै चलचित्र प्रमोशनका लागी पुगिसकेका छन्। कतिपय निर्माता त मोटो रकम बोकेर नै चलचित्र प्रमोशन गरिदिन आग्रह गर्दै टेलीसिरियल टिममा पनि पुग्ने गरिएको बुझिन्छ। जे होस् यस्ता सिरियल र रियालिटी शोले दर्शकलाई मनोरन्जन सगै चलचित्र प्रमोशनला लागि पनि गतिलो स्थान बनाउदै आएका छन्।
Views: 0