अमेरिकी आइडलमा नेपाली : जज भए प्रभावित

२०७६ फाल्गुन ५, सोमबार १६:११ गते २०७६ फाल्गुन ५, सोमबार १६:११ गते २०७६ फाल्गुन ५, सोमबार १६:११ गते

काठमाडौं– पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका नेपाली युवा दिवेश पोखरेल अमेरिकी सिङगिङ रियालिटी शो ‘अमेरिकी आइडल’ को १८औं सिजनका लागि छनौट भए।आइडलको अडिसन राउण्डमा सहभागी भएका उनले दोस्रो चरणमा छनौट भइसके।छनौट चरणमा नेपालको काठमाडौंबाट आएको भन्दै २ गीत गाएका उनको प्रस्तुतिबारे जजहरुले जस्तो प्रतिक्रिया देखाए त्यसले अमेरिकी आइडलमा थप अगाडि बढ्नसक्ने देखायो अर्थर गन उपनाम राखेका उनको प्रस्तुतिपछि जज केटी पेरी, लुका ब्रायन र र लियोनल रिचीले टुइटनै गरेर उनको प्रशंसा गरेका छन्।तीनै जनाले उनी प्रतिभावान कलाकार भएको भन्दै प्रशंसा मात्रै गरेका छैनन् उनको आवाज कानमा अझै गुञ्जिरहेको प्रतिक्रिया दिएका छन्।

उनले कार्यक्रमको परिचय दिँदै आफू नेपालको काठमाडौं जन्मेको, नेपाल निकै सुन्दर देश भएको, हिमाल र पहाडहरुमा घुम्न पाइने देश भनेर परिचय दिएका छन्।स्टेजमा जाँदा नमस्ते गर्दै गएका उनलाई अमेरिकी गायिका तथा कार्यक्रमकी जज केटी पेरीले नमस्कार फर्काएर अभिवादन गरेकी थिइन्।नेपालमै रहँदा पनि गीत गाइरहने उनको युट्युब च्यानलमा नेपाली गीतहरु अपलोड गरेका छन्।साउन्ड क्लाउडमा उनले बब मार्ली, बब डेनियललगायतका गायकका गीतको कभरहरु अपलोड गरेका छन्।सानैमा हजुरआमाले गितार उपहार दिएपछि गीत गाउन थालेको बताउँदै उनले आफू कार्यक्रममा छानिएकोमा खुसी व्यक्त गर्दै १० प्रतिशत नर्भस रहेको तर ९० प्रतिशत आत्मबल रहेको बताएका थिए।पहिलाे गीत गाउँदा आँखा चिम्लेर गाएका उनलाई दाेस्राे गीत गाउन आग्रह गर्दै गायिका पेरीले जजहरुलाई हेरेर गीत गाउन भने र उनले त्यसै गरे।जब उनको गीत सक्कियो तीनै जना जजले खुसीले ताली बजाए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *