दोसो आन्तरीक पर्यटन मेला भृकुटीमण्डपमा

२०७६ फाल्गुन ६, मंगलवार १५:३३ गते २०७६ फाल्गुन ६, मंगलवार १५:३३ गते २०७६ फाल्गुन ६, मंगलवार १५:३३ गते

फागुन ५, काठमाण्डौ गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको दोस्रो आन्तरीक पर्यटन मेला डोमेस्टीक टूरिजम मार्ट डीटीएम) आगामी वर्षको जेठ १६ र १७ गते तदनसार मे २९ र ३० तारिकका दिन गर्ने भएको छ। पछिल्लो समय छिमेकी मुलक चिनमा देखिएको कोरोना भाईरसका कारण पर्यटन क्षेत्र तरंगीत भएको स्थीतिलाई मध्यनजर गर्दै यसअघि निधारित मिति फागन ९ र १० को मिति स्थगीत गरिएको आयोजकले जानकारी दिएको छ ।यसबिचमा डीटीएमको तयारी अन्तीम चरणमा पुगीसकेको स्थीतिमा हालसम्म ७३ वटा स्टल बुकिङ भैसकेको भएपनि पर्यटन क्षेत्रमा देखिएको फरक परीस्थीति र व्यावसायीहरुको सझाबलाई शिरोपर गर्दै आगामी जेठमा ।
सार्न पुगेका हौ।

यस विचमा नेपाल पर्यटन बोर्ड, नेपाल टेलिकम, नाथम, पर्यटकीय संघसंस्था, व्यावसायी र शुभेच्छकारबाट प्राप्त सहयोगको निरन्तरताको समेत अपेक्षा राखेका छौं । पहिला देश अनि विदेश भन्ने मुल नाराका साथ मेलालाई भव्य र सव्य बनाउन तयारीलाई तिब्रता दिईएको छ । भृकुटीमण्डप प्रदर्शनी हल सहितको चौरमा मेला आयोजना हुनेछ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा ७७ वटै जिल्लाका पर्यटकीय गन्तव्य, पर्यटकीय गतिविधिहरुको प्रदर्शन गरिने छ। जसको एकमात्र उदेश्य नेपाल भ्रमण वर्ष सफल पार्न एकैथलोबाट देश चिनाउने र लुकेर रहेका पर्यटकीय गन्तव्यहरुको उजागर गर्नका साथै पर्यटन व्यावसायीहरुमा सकारात्मक उर्जा प्रदान गर्न रहेको यसको उदेश्य हो । मध डीटीएम सफल बनाउनका लागि गठन गरिएका कमिटिहरु यथावत रहने समेत जानकारी गराउँदछ ।

मेलालाई सफल बनाउनको लागि डीटीएम सल्लाहकार समिती, गुडबील एम्बेसडर, ब्राण्ड एम्बेसडर, डीटीएम प्रदेश संयोजक, डीटीएम कानुनी सल्लाहकार कमिटी, प्रचारप्रसार संयोजक, डीटीएम मिडिया सयोजक डीटीएम अन्तराष्ट्रिय बिभाग प्रमुख लगायतका विभागहरु गठन गरिसकिएको छ । मेलामा २७ वटै जिल्लाका पर्यटकीय गन्तव्य तथा व्यावसायिक स्टलहरु, हस्तकलाका सामाग्री, याटिड बन्जिजम्प जिपसायर,केवलकार, ट्रीजम शैक्षिक कलेज, पर्यटक यातायात, देश विदेशको भमण आकाशबाट ती पाराग्लाईडिङ, काठमाण्डौ मोफसलका होटल तथा रेष्ट्ररेन्ट ७ वटै प्रदेशको विभिन्न स्वादका परिकार होमस्टे सञ्चार लगायतको एक ठाउबाट अवलोकन गर्न सकिने र प्याकेजको व्यवस्था रहेको छ । राष्टिय कला संस्कतिको प्रदर्शनी, विभिन्न जातजातिको संस्कृति झल्कने तथा राष्ट्रिय पहिचान दिन बानमा भारीको नत्य प्रस्तुति रहनेछ भने राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको लोकदोहोरी गीत सहितको साकतिक पातली समेत रहनेछन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *