नेपालमा कोरोनाभाइरसको त्रासबीच ‘स्वाइन फ्लू’ र ‘हङकङ फ्लू’ : यस्ता छन् लक्षण

२०७६ फाल्गुन ६, मंगलवार २१:३७ गते २०७६ फाल्गुन ६, मंगलवार २१:३७ गते २०७६ फाल्गुन ६, मंगलवार २१:३७ गते

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार ‘इन्फ्लुएन्जा ए (एच१एन१) पीडिएम ०९’ अर्थात् स्वाइन फ्लु र ‘इन्फ्लुएन्जा ए (एच३एन२)’ अर्थात् हङकङ फ्लु देखिन थालेको हो । सिन्धुपाल्चोकमा फैलिएको रुघाखोकी ‘हङकङ फ्लु’ भएको र बाजुरामा ‘स्वाइन फ्लु’ र ‘इन्फ्लुएन्जा बी’ देखिएको उनले जानकारी दिइन् ।गर्मी याम सुरु हुने समय र मनसुनपछि मौसमी रुघाखोकीको समस्या बढी देखिने गरेको छ । स्वाइन फ्लुसँग कोरोनाभाइरसको लक्षण मिल्दोजुल्दो हुने भएकाले थप त्रास फैलिएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका सिनियर कन्सलटेन्ट चेस्ट फिजिसियन डा. नवीनप्रकाश शाहले बताएका छन्। ‘अलि कडा खालको ज्वरो र रुघाखोकी भए आत्तिनु हुन्न,’ उनले भने, ‘तत्काल चिकित्सकीय सुझाव लिनुपर्छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ डा. रञ्जित शाह नेतृत्वको टोलीले सोमबार भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइन स्थलमा सबैको घाँटी र नाकको स्वाब संकलन गरेको छ । १ सय ७५ जनाको थ्रोट स्वाब संकलन गर्न चार घण्टा लागेको शाहले बताए । ‘खाना खाएर थ्रोट स्वाब संकलन गर्दा वाकवाकी लाग्न सक्ने जानकारी गरायौँ ।सबैले थ्रोट स्वाब संकलन गरेपछि मात्र खाना खानुभयो,’ उनले भने । स्वाब संकलनपछि स्वास्थ्यकर्मीले शरीरमा इथानोलयुक्त ‘स्प्रे’ छर्के । डा. शाहले भने, ‘देश र पेसाप्रतिको कर्तव्य पूरा गर्नु जोखिम नै थियो । सबै काम सेर फर्कदा खुसी लाग्यो ।’

र्‍याल संकलनमा कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाह शाह, स्मृति श्रेष्ट, विमलेश झा, सुनी डङ्गोल, स्विटी उपाध्ययाय, विनिता महर्जन, अबिना ओझा र अर्जुन चौधरी खटिएका थिए ।यसको नेतृत्व प्रयोगशालाकी निर्देशक डा. रुना झाले गरेकी थिइन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता सागर दाहालका अनुसार संकलित र्‍याल परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको छ । दाहालले भने, ‘सबै सकुलशल हुनुहुन्छ । कोभिड-१९ भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *