परदेश अनलाइन खबर। काठमाडौं ६ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिए पछि मंगलबार अपरान्ह अस्पताल भर्ना गरिएको छ।मुटुमा समस्या देखिएपछि ओलीलाई मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुलर सेन्टरस्थित क्याथ ल्याबमा एन्जिओग्राफी गरिएको छ।
‘ढिला भएको भए उहाँ (प्रधानमन्त्री) को मुटुमा गम्भीर समस्या निम्तिन सक्ने जोखिम थियो’, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले फोन सम्बादमा जानकारी दिए अनुसार , ‘प्रधानमन्त्री ज्युको समयमै एनजिओग्राफी गरेकाले अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।’१३ वर्षअघि भारतको दिल्लीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत कात्तिकदेखि नियमित डायलाइसिसमा छन्। मिर्गौलाले प्राकृतिकरुपमा काम गर्न छाडेपछि ओलीले हरेक शनिबार त्रिवि शिक्षण अस्पतालमा डायलाइसिस गर्दै आएका छन्। उनले चाँडै मिर्गौलाको दोस्रो पटक प्रत्यारोपणको पनि तयारी गरिसकेका छन्।
Views: 0