गुर्जेभञ्ज्याङ – दुप्चेश्वर सडक शिलान्यासमा मुख्यमन्त्री डोरमणी पौडेल ।।।

२०७६ फाल्गुन ९, शुक्रबार २१:३१ गते २०७६ फाल्गुन ९, शुक्रबार २१:३१ गते २०७६ फाल्गुन ९, शुक्रबार २१:३१ गते

समिर नेपाल/नुवाकोट, ८ फागुन -बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै दुप्चेश्वर जोड्ने सडकको शिलान्यास गरेका छन् । छोटो समयमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने हेतुले निर्माण गर्न लागिएको उक्त सडकको शिलान्यास कार्यक्रममा संघिय सांसदद्धय हितबहादुर तामाङ्,नारायण खतिबडा,प्रदेश उपसभामुख राधिका तामाङ्, प्रदेश सासंदहरू बद्री मैनाली, केशवराज पाण्डे, हिरानाथ खतिवडा र नुवाकोटका जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ्, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा, पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तामाङ्को सहभागीता रहेको थियो ।

कार्यक्रमको सभापतित्व पुर्वाधार कार्यलयका प्रमुख बिजयमणि बर्जाचार्यलेृ गरेका थिए।कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले दुई वर्ष अवधिमा बागमती प्रदेशले गरेको कार्यको फेहरिस्त सुनाउदै अब आउने दिनमा स्थानीयहरुको सक्रिय सहभागीता रहेकोे खण्डमा सबैले बागमती प्रदेशको जय जयकार गर्न सक्ने बताए ।

गुर्जे भन्ज्याङ माने भन्ज्याङ दुप्चेस्वर सडक आयोजनाको काममा ३२ करोड ४३ लाख ४२ हजार ६ सय ५८ रुपैयामा गर्न लागिएको समेत निर्माण समितिले जानकारी गराएको छ । तोकिएका सबै काम ठेकेदार कंपनी ओम बुद्ध इन्टरनेशनल र पि एस जे भि ले २३ करोड ८२ लाख ६ हजार ९ सय ३१ रुपया १४ मा प्रदेश विकास पुर्वाधारसँग सम्झौता गरिएको समेत समितिले जनाएको छ । झन्डै ९ करोड कम मुल्यमा २०७८ मंसिर १६ गते काम सक्ने गरि निर्माण कम्पनी काम गर्न मन्जुरी रहेकोले संचारकर्मी, स्थानिय सरकार र मातहतको प्राबिधिक टोलि साथै उपभोक्ता र दलहरुको गहिरो अनुगमन एवम निगरानी जरुरी रहेको समिति खाँचो औंल्याएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *