काठमाडौ। सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड रुपैयाँ क’मिसनको प्र’करणका एक मुख्य पात्र अमेरिका भागेका छन् । सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल पौडेल बिहीबार नै अमेरिका गएका हुन् । स्वीस कम्पनीको एजेन्ट बताउने मिश्रलाई पौडेलले नै मन्त्री बाँस्कोटालाई भेटाएर कुरा गरेका थिए । यही प्र’करणमा मन्त्री बाँस्कोटाले बिहीबार राजिनामा दिइसकेका छन् । उनले १० दिनको बिदा लिएर अमेरिका गएका हुन् । उनीमाथि पनि यो प्र’करणमा छानबिन हुने भएको छ । आईटीका धेरै ठेक्कामा उनी संलग्न हुने गरेका छन् । दृष्टिमा खबर छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टीले सेक्युरिटी मेसिन खरिद सम्बन्धी क’मिसन का’ण्डबारे समेत आफ्नो धारणा सार्वजनिक गरेको छ ।
उक्त क’मिसन का’ण्डमा प्रधानमन्त्री केपी वलीकै संलग्नता रहेको नेकपाले ठो’कुवा गरेको छ । नेकपा महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीले उक्त का’ण्डमा संलग्न निवर्तमान संचार प्रविधि तथा सूचना मन्त्री गोकुल बास्कोटालाई बचाउन लागेको बताएका छन् ।विप्लवले बास्कोटालाई बचाउन घु’स का’ण्डलाई ढाकछोप गर्न लागिएको भन्दै विप्लवले का’रवाहीको माग गरेका छन् । “सेक्युरिटी मेसिन खरिदसम्बन्धी का’ण्डमा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड क’मिसन (घु’स) मागेको विषयले देश त’रङ्गित भएको छ । सिङ्गो देशले उनको का’रबाहीको माग गरेको छ । तर प्रम केपी वली स्वयम् भ्र’ष्ट मन्त्री बास्कोटालाई बचाउन र घू’सखोरी का’ण्डलाई ढा’कछोप गर्न लागिरहेका छन्” विज्ञप्तिमा भनिएको छ ।
का’ण्डैकाण्ड’को सरकार पछिल्लो पटक ७० करोड घु’सका’ण्डमा जाकिएको बताउँदै यो केपी ओलीको लागि अभिशाप भएको भन्दै विप्लवले यसका प्रधानमन्त्री ओलीकै संलग्नता रहेको भन्दै निष्पक्ष छानविनको माग समेत गरेका छन् । विज्ञप्तिमा विप्लवले भनेका छन्, “केपी ओली सरकार देशका निम्ति अभिशाप भएको छ । पछिल्लो समयमा यो सरकार ७० करोड घूसकाण्डमा जाकिएको छ । देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मु’द्दामा प्रम वलीका असली चेलाको यो का’ण्ड’ले देश नै लज्जित छ । यो का’ण्डमा प्रम वलीकै संलग्नताको आ’शङ्का छ । हाम्रो पार्टी यो का’ण्डको नि’ष्पक्ष छानबिनको माग गर्दछ ।” महासचिव विप्लवले ठूलो जहाजका’ण्ड आदिमा प्रधानमन्त्री ओलीकै सं’लग्नता रहेको भन्दै भ्र’ष्ट र राष्ट्र’घाती सरकारलाई ब’र्खास्तीको लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । ‘ठूलो आकारको जहाजका’ण्ड आदिमा प्रम वलीकै सं’लग्नता देखिन्छ ।
तसर्थ यस्तो भ्र’ष्ट, क’मिसनखोर र रा’ष्ट्रघाती सरकारको ब’र्खास्तीका लागि सम्पूर्ण क्रा’न्तिकारी, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्तिलाई आआफ्नो मोर्चाबाट उ’त्रन पार्टी विशेष अपिल गर्दछ । केपी वली नेतृत्वको सरकार रा’ष्ट्रघा’त, जनघा’त र फा’सिवादमा चुर्लुम्म डु’बेको सर्वविदितै छ ।’ बिज्ञप्तिमा भनिएको छ । ओली सरकार एकातिर भ्र’ष्टाचार र अर्कोतिर न्यायपूर्ण आ’न्दोलनमा उ’त्रिएका नेता–कार्यकर्ताहरूलाई गि’रफ्तार गर्ने, झू’ट्टा मु’द्दा लगाउने, यातना दिने गरिरहेको भन्दै महासचिव विप्लवले विद्यार्थी नेता नरेन्द्र विकलाई गि’रफ्तार गरेर चरम यातना दिएको सूचना प्राप्त भएको बताएका छन् । साथै यसखाले फासिवादी दमनको भत्र्सना गर्दै गिरफ्तार सबै नेता–कार्यकर्तालाई बिनासर्त मुक्त गर्न माग समेत गरेका छन् ।
Views: 0