नेपालको नक्शा अंकित केक काटिएको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना

२०७६ फाल्गुन १२, सोमबार १७:२० गते २०७६ फाल्गुन १२, सोमबार १७:२० गते २०७६ फाल्गुन १२, सोमबार १७:२० गते

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्म दिन उनी जन्मेको तेह्रथुमको आठराई गाउँपालिकाको इवा पोखरीमा पुगेका थिए। ओलीले जन्मथलोमा जन्मदिन मनाएका तस्वीर सार्वजनिक भएसँगै उनको चर्चासँगै आलोचना समेत शुरु भएकाे छ ।सामाजिक सञ्जालमा उनले केक बाेक्नका लागि हेलिकोप्टर चाटर्ड गरिएको र नेपालको नक्शा अंकित केक का’टिएको विषयमा आ’लोचना भएको छ ।केहीले प्रधानमन्त्री ओलीज्यूले लिम्पियाधुरा विनाको नेपालको केकलाई चक्कुले का’ट्दै टुक्राटुक्रा बनाएर खाएछन् भनेर व्यंग्य गरेका छन् ।नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीले फेसबुकमा लेखेका छन् –दु:खका साथ यो लेख्दैछु ।जुन देशका जनताले भाेकमा भुटेका मकै र ज्वराेमा सि’टामाेल पाएका छैनन । छाेरा छाेरी विदेशका विभिन्न ठाँउमाआफ्नो शरीर, रग’त र पसिना रेमिटान्स संग साटी राखेका छन । पशुपतिमा ला’शकाे विदेशी बा’कस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशकाे नक्सा भएको केक का’ट्ने कसले सुझाव दियाे??? ला’ज लाग्दैन??? नेपालको नक्शा आकारको केक काटे’पछि अहिले प्रधानमन्त्रीको ट्रो’ल सुरु भएको छ। एक फेसबुक प्रयोगकर्ताले देखेका छन्–‘ जन्मदिनको शुभकामना प्रधानमन्त्रीज्यू। आउनुस् तपाई हामी सबै मिलेर देश खाउँ। ओ सरी केक खाउँ। अर्का प्रयोगकर्ताले भने सल्लाहाकार राम्रो राख्न सुझाव दिएका छन्। प्रधानमन्त्रीज्यू अलिक राम्रो सल्लाहाकार राख्नुस् नँ। नेपालको नक्शा आकारको केक का’ट्दा हात कापेन?

यस्तै एक प्रयोगकर्ताले लेखेका छन्– ‘देशको नक्शालाई केकमा परिणत गरेर का’टिदैछ। उत्सव कि देशको अ’पमान हो हजुर?’यता नायिका रेशा थापा लेख्छिन्– ‘नियतवस नहोला तर लक्षण गतिलो छैन। छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा का’टेको देख्दा अचम्म लाग्यो। देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक का’टाइको सन्देश बुझिएन।’आफ्नो जन्मदिन मनाउन आठराई गाउँपालिका–४ ईवामा रहेको जन्मघरपुगेका ओलीले आइतबार नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शि’लान्यास गरे। प्रधानमन्त्री ओलीले स’ङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७औँ शाखाको पनि उ’द्घाटन गरेका थिए।आफ्नो ६९औँ जन्मदिन मनाउन आठराई–४ ईवामा रहेको जन्मघर पुगेका प्रधानमन्त्री ओलीले सो सडकखण्डको शि’लान्यस गर्दै सरकार विकास निर्माणको काममा आ’क्रमक रुपले लागेको बताए। आफ्नै जन्मघरमा आ’योजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरमै आएर ज’न्मोत्सव मनाउन पाउँदा खुशी लागेको बताएका थिए।ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अ’न्तिम चरणमा पुगेको बताए।

त्यसका लागि आवश्यक जग्गा आफैँले उपलब्ध गराइदिने प्रधानमन्त्री ओलीको भनाइ थियो।प्राविधिक शिक्षालय सञ्चालनका लागि जग्गाको अन्य का’नूनी प्रक्रिया सबै पूरा भइसकेकाले चालू आर्थिक वर्षभित्रै काम अघि ब’ढ्ने बताएका थिए। ‘कृषि शिक्षाका लागि चाहिने आवश्यक जग्गा मैले आफैँले व्यवस्थापन गरी दिएको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यही घरमुनीको टारबारीमा कृषि शिक्षालय खोल्ने हो, त्यसका लागि मैले नै जग्गा दिने हो।’सबै युवालाई सस्तो ब्याजदरमा कृषि कर्जा दिएर भए पनि सरकार कृषि अ’भियानमा लागेको प्रधानमन्त्री ओलीको भनाइ थियो। भारी नपुगेर कृषि उत्पादनले बजार नपाएको भन्दै ओलीले प्रर्याप्त मात्रामा स्कुस, बेमौसमी तरकारी, फलफललगायतका कृषि उपज उत्पादन गर्न गाउँलेलाई आ’ह्वान गरे।प्रधानमन्त्री ओलीले भो’कमरी ह’टिसकेको र अब गरिबी ह’टाउनुपर्ने बेला आएकोसमेत बताए ।

उनले त्यसका लागि सबैले तरिका मिलाएर परिश्रम गर्नुपर्ने बताए । उनले भने, ‘पु’र्पुरोमा हात लगाएर हुँदैन, हामीले गरिवीलाई पनि हिजोको विषय बनाउनु परेको छ ।तरिका पुर्याएर गर्नुपर्छ । हामीले नगरे कल्ले गर्छ?’ उनले अब गरिबी र प’छौटेपन ह’टाउनुपर्ने समेत बताए। स्कुसका लागि आफ्नो जन्मघरको गाउँको हावापानी राम्रो रहेको भन्दै प्रधानमन्त्री ओलीले स्कुस बढीभन्दा बढी उत्पादन गरेर विदेश नि’र्यात गर्न आ’ह्वान गरे।प्रधानमन्त्रीका बुबा मोहनप्रसाद ओली र धर्मपत्नी राधिका शाक्यका साथ आएका ओलीले आफ्नो जन्मघरको सिकुवाको डि’लमा बसेर तस्बिर खिचाएका थिए। बाल्यकालका केही दौँ’तरीसँग पनि उनले भ’लाकुसारी गरेका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *