गोडा फट्याएर बस्ने : गोडा चाहिँ फट्ट्याउने व्यक्ति जिन्दगीमा अघि बढिरहन चाहने खालका हुन्छन् । जीवनमा आउने समस्यालाई बेवास्ता गरेमा ती समस्या आफैं हट्ने विश्वास उनीहरू गर्छन् । यसरी बस्ने मानिसले आफ्ना समस्याहरू अर्कामाथि थोपर्ने कोशिश गर्छन् । उनीहरू समस्याबाट बच्न हरसम्भव प्रयास गर्छन् उनीहरू आफ्नो सोच अरूमाथि थोपर्न खोज्छन् । गोडा बंग्याएर बस्ने : सबै कुरा आफैं पाइन्छ भन्ने सोच राख्छन् । आफूले चाहेको सबै कुरा सयमक्रममा पाइन्छ भन्छन् उनीहरू । त्यसैले गर्दा उनीहरू केही कुरामा पनि हतार गर्दैनन् । तर यस्ता व्यक्तिहरू बढी नै जिद्दी हुन्छन् ।गोडा खप्ट्याएर बस्ने : एउटा गोडा अर्कोमा खप्ट्याएर बस्ने मान्छे खुला र लापरवाह किसिमका हुन्छन् । उनीहरू नयाँ नयाँ विचार ल्याउँछन् ।
भावनात्मक रूपमा उनीहरू कमजोर हुन्छन् । उनीहरू सकारात्मक सोच राख्छन् ।यस्ता मानिस सिर्जनात्मक हुन्छन् । जिन्दगीको आनन्द उठाउन उनीहरू चाहन्छन् र घुम्नवर्न उनीहरूलाई खुबै मज्जा लाग्छ । घुँडा र गोडालाई सीधा पारेर बस्ने : घुँडा र गोडालाई सीधा जोडेर बस्ने मानिस समयमा चल्न खोज्छन् । उनीहरू आफ्ना भावना अरूका अगाडि व्यक्त गर्न सक्दैनन् र यसैकारण समस्यामा पनि परिरहेका हुन्छन् ।त्यसैले गर्दा उनीहरू घरिघरि रिसाउँछन् । पाइताला भित्र पारेर बस्ने :पाइतालालाई भित्रपट्टि पारेर बस्ने मानिस आराम खोजिरहन्छन् । यस्ता मानिस प्रायः एक्लै बस्न मन पराउँछन् । उनीहरू आफ्नो वरपरका सबै कुरा पर्फेक्ट चाहन्छन् र यसका लागि कोशिश पनि गर्छन् र सफल हुन्छन् । कुनै निर्णय लिनुअघि उनीहरू सयचोटि सोच्छन् ।
Views: 0