ज्योतिष शास्त्र अनुसार यस्ता राशि भएकाहरुको प्रेम सम्बन्ध दिगो हुने गर्छ : जान्नुहोस।

२०७६ फाल्गुन १३, मंगलवार १६:४६ गते २०७६ फाल्गुन १३, मंगलवार १६:४६ गते २०७६ फाल्गुन १३, मंगलवार १६:४६ गते

अर्थात प्रेमी प्रेमिका कहिल्यै छुट्दैनन् । उनीहरूको सम्बन्ध एकदमै बलियो हुन्छ ।शास्त्रका अनुसार १२ राशिकै मानिसको स्वभाव आचरण फरक–फरक हुने गर्छ । सोही अनुरुप प्रेम सम्बन्ध पनि त्यही प्रकारको हुन्छ । कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ–मिथुन र तुला– मिथुन राशि र तुला राशिको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशि भएकाहरुको शारीरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्। सिंह र तुला-यी दुई राशि भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।

मेष र कुम्भ-यी राशि भएका मानिसहरु हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशि भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन् । वृष र वृश्चिक-एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशि भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।वृष र कन्या-यी राशि भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिन्छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ । सिंह र धनु-एक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।कन्या र मकर-यी दुई राशि भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ । मिथुन र कुम्भ-जीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *