राजधानीमा सुनचाँदी ब्यवसायको सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न : छब्बिस हजार सिसिटिभी आवश्यक

२०७६ फाल्गुन १७, शनिबार १६:०३ गते २०७६ फाल्गुन १७, शनिबार १६:०३ गते २०७६ फाल्गुन १७, शनिबार १६:०३ गते

काठमाडौं १७ फागुन। महानगरिय प्रहरी वृत्त- कमलपोखरी, सामुदायिक सेवा केन्द्र नक्साल र काठमाडौं सुनचाँदी ब्यवसायी संघको संयुत्त आयोजनामा शनिवार राजधानीमा सुनचाँदी ब्यवसायको सुरक्षा सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम महानगरीय प्रहरी परिसर,काठमाडौंका प्रमुख प्रहरी वरिस्ठ उपरिक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख सुवेदीले काठमाडौंका सार्वजनिक स्थानमा छब्बिस हजार सिसिटिभी आवश्यक रहेको औंल्याए । उनले सुनचाँदी व्यवसायीहरुले एकैपटकमा ठुलो परिमाणमा सुनको ओसारपसार गर्दाको अवस्थामा सुरक्षा माग गरेको खण्डमा प्रहरीले स्कर्टिङको सुविधा दिलाउने बताए ।

साथै, उनले व्यवसायी आँफै पनि सुरक्षा मामिलामा सचेत रहन आवश्यक रहेको औंल्याउदै आन्तरिक सुरक्षामा पनि ख्याल गर्नुपर्ने धारणा राखे । प्रहरीले हालै मात्र एटिएम ह्याकिङको घटनामा प्रविधीको प्रयोग विना नै अपराधी समात्न सफल भएको बताउदै यस उपलब्धीको विश्व स्तरमा चर्चा परिचर्चा हुँदै आएकोमा खुशी पनि ब्यक्त गरे । उनले सरोकारवाला बीचको छलफल र आपसी सम्बन्धबाट नै सुरक्षा ब्यवस्थामा सुधार ल्याउन सकिने बताए । ८० प्रतिशत अपराध चिनजान भएकैबाट हुने गरेको तथ्य उजागर गर्दै उनले विश्वासको भरमा कारोबार गर्दा निम्तिन सक्ने दुष्परिणाम बारे संबन्धित पक्ष सचेत रहनुपर्ने जिकिर समेत गरेका थिए ।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले सुन गार्हो-सार्हो अवस्थामा काम लाग्ने वस्तु भएकोले बिल विनाका सबै सुनका कारोबारलाई अपराधीक गतिविधीसँग जोडन नहुने धारणा राख्दै राज्यले यस बिषयमा गम्भिर बन्दै समय सापेक्ष र सान्दर्भिक हिसाबले अघि बढनुपर्ने तर्क राखेका थिए । कार्यक्रममा महानगरिय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरत बाबु विकले ब्यवसायी बीच हुने अस्वच्छ प्रतिस्पर्धा साथै लोभ लालचका कारण पनि केही ब्यवसायीहरुले क्षती ब्यहोर्नु परेको इंकित गर्दै यस्ता गतिविधीबाट टाढै रहनुपर्ने बताए । प्रहरी नायव उपरिक्षक वि क ले सुनलाई धितोमा राखेर ब्याजबाट फाइदा लिने प्रवृत्ती सरासर गलत भएको र रसायन, तौल जस्ता कुरामा ब्यवसायीहरु चुक्न नहुने भन्दै उनले सरोकारवालाहरु सबैलाई सतर्कता अपनाउन समेत आग्रह गरे । त्यस्तै, सुनचादी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले राज्यले निर्दिष्ट गरेका निती मध्येका केही अब्यवहारिक प्रावधानले व्यवसायी संचालन गर्दै गर्दाको अवस्थामा केही जटिलताहरु रहेको औंल्याए ।

काठमाडौं सुनचाँदी ब्यवसायी संघका अध्यक्ष महेन्द्र रत्न शाक्यले सुनचाँदी ब्यवसायमा सुरक्षाको मामला गम्भिर सवालको रुपमा रहेको बताउदै यसका निम्ती ब्यवसायी र प्रहरी बीच समन्वय हुनुपर्ने खाँचो औंल्याए ।कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठले नागरिक समाज, प्रहरी र ब्यवसायी बीचको अन्तर्कृया एवम छलफलका माध्यमबाट सुरक्षा सम्बन्धी समस्याको निकास निकाल्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए ।कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपाने, , युवा ब्यवसायी भरत लामिछाने, नगरवासी, समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । सो अन्र्तकृया कार्यक्रममा नक्साल सामुदायिक प्रहरी सेवा केन्द्रका ईन्चार्ज वसन्तकुमार थापाले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *