काठमाण्डौ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ८० हजार सात सय रुपैयाँ कायम भएको छ। बुधबार छापावाला सुनको मूल्य तोलामा ८० हजार पाँच सय रुपैयाँ थियो ।तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले बढेर ८० हजार चार सय रुपैयाँ कायम भएको छ। बुधबार तेजाबी सुनको मूल्य तोलामा ८० हजार दुई सउय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य स्थिर भइ तोलामा आठ सय ८० रुपैयाँमा कारोबार कायम भएको छ।
यो पनि बालबालिकालाई कसरी सिपालु बनाउने ? हरेक अभिभावकले पढ्नैपर्ने कुरा भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।
भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।बालबालिकालाई कसरी हुर्काउने र कसरी शिक्षा दिने भन्ने उल्लेख गर्दै गिजुभाइले औंल्याएका केही बुँदा शिक्षा विमर्श नामक ब्लगबाट अनुवाद गरी यहाँ प्रस्तुत गरिएको छ ।
आफैं गर्न दिनुस् बच्चालाई आफैं काम गर्ने सोख हुन्छ । उसलाई रुमाल धुन दिनुस् ।उसलाई भाँडामा पानी भर्न दिनुस् ।उसलाई फूल सजाउन दिनुस् ।उसलाई कचौरा मस्काउन दिनुस् ।उसलाई मटरकोसाको दाना निकाल्न दिनुस् ।उसलाई खानेकुरा पस्किन दिनुस् ।बच्चालाई सारा काम आफैं गर्न दिनुस् ।उसको आफ्नो मर्जीले गर्न दिनुस् ।उसको आफ्नो ढंगले गर्न दिनुस् ।पहिचान:हाम्रो आँखामा अमृत छ वा विष,हाम्रो बोलीमा मिठास छ या टर्रोपन,हाम्रो स्पर्शमा कोमलता छ वा कठोरता,हाम्रो मनमा शान्ति छ वा अशान्ति,हाम्रो मनमा आदर छ वा अनादर,बच्चा यी कुरा तुरुन्तै पत्ता लगाउँछन् ।बच्चा हामीलाई एकदम जानिसक्छन् ।दुश्मनसुत, नत्र अहिले बाबाजीले पक्रेर लैजान्छ !’खाऊ, नत्र चोरले लिएर जान्छ ।’बाघ आयो !’बाबाजी आयो !’पुलिस आयो !’चुप लाग, नभए कोठामा बन्द गरेर राख्छु ।’पढ्न बस, नत्र पिट्छु ।’जो यसरी बच्चालाई डर देखाउँछन्,उनीहरु बच्चाहरुका दुश्मन हुन् ।पृथ्वीमा स्वर्ग यदि हामीले बच्चाहरुलाई आफ्नो घरमा उचित स्थान दियौं भने,हाम्रो पृथ्वीमा नै स्वर्गको सृष्टि हुन सक्छ ।स्वर्ग बच्चाको सुखमा छ ।स्वर्ग बच्चाको स्वास्थ्यमा छ ।
Views: 0