विदा मनाएर अस्ट्रेलिया फर्किएका नेपालीमा देखियो कोरोना : नेपालको यस्तो अवस्था

२०७६ फाल्गुन २५, आईतवार १४:०७ गते २०७६ फाल्गुन २५, आईतवार १४:०७ गते २०७६ फाल्गुन २५, आईतवार १४:०७ गते

काठमाडौं, २५ फागुन : नेपालबाट विदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट स’ङ्’क्र’मित पाइएको छ ।गत फेब्रुअरीमा नेपालबाट अस्ट्रेलिया आएका उनी सिंगापुरको ट्रान्जिट हुँदै सिड्नीबाट होर्बाट आइपुगेका थिए।उनी नेपालबाट आएको यहाँस्थित स्वास्थ्य विभागले उल्लेख गरेको भए पनि उनको परिचय खुलाएको छैन भने नेपाली नागरिक भनेर समेत उल्लेख गरिएको छैन ।अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले करिब २० वर्षका विद्यार्थी स’ङ्’क्र’मित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन्  तास्मानियाको जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले नेपालबाट आएका ती युवालाई अन्य सबैबाट आफूलाई अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिएको भए पनि उनले त्यसलाई पालना नगरेको बताएका छन्।

नाम गोप्य राखिएको ती युवाले फ्लुको लक्षण देखिएपछि अस्पतालमा सम्पर्क गरेका र उनलाई शुक्रबार रोयल होर्बाट अस्पतालमा जाँच गरिएको थियो। जाँचपश्‍चात् शनिबार उनलाई कोरोना भाइरसको स’ङ्’क्र’म’ण भएको पत्ता लागेको थियो। उनी शुक्रबार जाँचका लागि अस्पताल गएका थिए।चिकित्सकले जाँचको नतिजा नआउन्जेलसम्म काममा नजान चिकित्सक तथा अधिकारीहरुले दिएको सुझावलाई पालना नगरी उनी भोलिपल्ट काममा गएका थिए। उनको अहिले रोयल होबार्ट अस्पतालमा उपचार भइरहेको तास्मानिया सरकारको स्वास्थ्य विभागले उल्लेख गरेको छ।डा. भेइचले जनस्वास्थ्यका अधिकारी उनले काम गर्ने ग्राण्ड चान्सलर होटलमा कसैसँग नजिक भए नभएको बारेमा बुझिरहेको स्थानीय समाचार संस्थालाई बताएका छन्। स्थानीय आइडियल कलेजमा अध्ययनरत उनले नेपालबाट फर्किएपछि दुई पटकसम्म कलेज गएका थिए।

डा. भेइचले आफूहरु उक्त कलेजमा कार्यरत कुनै कर्मचारीहरु उनीसँग नजिकको सम्पर्कमा आएको नआएको बारेमा सम्पर्क गरिएको बताएका छन्।साथै उनीसँगै बस्‍ने चार जना र अन्य तीन जनालाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ। स्वास्थ्य अधिकारीहरुले उनी चढेर आएको जहाजको विस्तृत विवरण लिने प्रयास भइरहेको बताएका छन्।‘कोरोना भाइरसको परीक्षण भइसकेपछि नतिजा नआउञ्‍जेलसम्म सार्वजनिक क्रियाकलाप गर्ने र काममा जाने लगायतका काम अस्वीकार्य छ’ विभागले विज्ञप्तिमार्फत भनेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *