शिवजीको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल : यी राशीलाई अत्यन्तै सुभ

२०७६ फाल्गुन २६, सोमबार ०७:२४ गते २०७६ फाल्गुन २६, सोमबार ०७:२४ गते २०७६ फाल्गुन २६, सोमबार ०७:२४ गते

वि.सं. २०७६ फागुन २६। सोमबार। इ.स. २०२० मार्च ९। ने.सं. ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। पूर्णिमा, २३:५३ उप्रान्त प्रतिपदा।मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो व्यावहारिक समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। समस्या दर्साएर पनि सहयोगीहरू फेला पार्न सकिनेछ। परिवारमा आमाको सहयोगबाट फाइदा मिल्नेछ। आफन्तको साथ जुट्नेछ। सम्झौताले उत्साह जगाउनेछ भने बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। कृषि उत्पादनले आम्दानी बढ्नेछ भने उपभोग्य सामग्री जुटाउन सफल भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, हहिलेका सहयोगी प्रतिस्पर्धीका रूपमा देखापर्न सक्छन्। दाजुभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले चिताएका काम सम्पादन हुनेछन्। कृषि र पशुपालनमा केही समस्या देखिए पनि धन आर्जन राम्रै हुनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन गर्न सकिनेछ।कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डोबोलीको गलत अर्थ लाग्ने समय रहेकाले व्यवहारमा सजग रहनुपर्ला। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आलोचकहरू पनि व्यवहारले नजिकिन सक्छन्। सहयोगीहरूले साथ दिनेछन् भने अहिलेको मिहिनेतले दिगो फाइदा दिलाउनेछ।सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टेभेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने आँटले काम बन्न सक्छ। रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पोअर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। टाढाका साथीभाइको निम्तो प्राप्त होला।तुला – र, रि, रु, रे, रो, ता, ति, तु, तेप्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, युमहत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मिहिनेत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भेसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा, गिसमस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ।कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, दघुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ।मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चिप्रयत्न गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ। अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वीलाई परास्त गर्न सकिनेछ। प्रतिस्पर्धाले थप हिम्मत जुटाउला। केही चुनौतीहरू देखिए पनि अरूले आँट्न नसकेको काम आफ्ना लागि लाभदायक बन्न सक्छ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *