दोलखा फाल्गुन ३० । डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव सन्तमाया श्रेष्ठ दुई लाख घुससहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन्।
दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाकी प्रमुख उपसचिव श्रेष्ठलाई दुई २ लाखसहित बिहीबार साँझ पक्राउ गरेको हो। उनीसँगै अन्य ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। अख्तियारको टोलीले दुई लाख ३ हजार नगदसहित श्रेष्ठसँगै तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीसँगै पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले जनाएको छ।
स्रोत: Annapurna
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0