विभिन्न कारणले नेपालमा पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या बढ्दै गएको छ । अझ भन्दा यो संख्या तीव्र रुपमा बढिरहेको छ । व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैलीजस्ता कारणले डिप्रेसन भईहेको छ । यो मानसिक समस्या हो । तर, समयमै उपचार गरेमा यो निको हुन्छ । हाम्रो समाजले डिप्रेसनलाई रोग मानी त्यसबाट बच्न उपचार विधि अपनाउनुपर्छ भन्ने कुरालाई अझै सहज रुपमा स्वीकार गरिसकेको छैन ।मानिस हरबखत उदास हुनु मानसिक रोग हुन सक्छ । डिप्रेसन भनेको उदासीको अवस्था नै हो। यो आनुवंशिक रोग भएकले वंशजका आधारमा पनि यस्तो समस्या देखिन सक्छ । साथै, आफू बसिरहेको वातावरण सोचेअनुरूप नहुँदा र मानिस सोचका कारण पनि यस्तो हुन सक्छ ।
नेपालमा प्रायजसो बेरोजगारी, असफलता, परिवारमा तनाव, प्रेम र प्रतिशोधका कारणले मानिमा डिप्रेसन भइरहेको पाइन्छ । डिप्रेसन भएको कसरी थाहा पाउने त ?लक्षण : –शक्तिहीन महसुस गर्नु । –खान मन नलाग्नु । –कि बढी सुत्न मन लाग्ने कि त निद्रै नपर्ने हुनु । जतिवेला पनि मनमा छटपटी हुनु र मुटुको चाल बढ्नु । आफूबारे नकारात्मक मात्र सोच्नु । आत्मग्लानि गर्नु, कुनै कुरामा पनि आशा नलाग्नु । –आत्महत्याबारे सोचिरहनु । कम बोल्नु, कोहीचाहिँ आवश्यकभन्दा बढी बोल्नु । –नियमित रूपमा शरीर र टाउको दुख्नु ।उपचार :डिप्रेसनको समस्या भएका अधिकांश मानिस र परिवारका सदस्य यसलाई लुकाउने कोसिस गर्छन् । अधिकांशलाई डिप्रेसनको उपचार हुन्छ भन्ने थाहा पनि हुँदैन । थाहा भएकाहरु डिप्रेसनलाई रोगभन्दा पनि सामान्य समस्याका रुपमा लिन्छन् ।
फेरि डिप्रेसन भयो भन्ने कुरालाई ‘पागलपन’सँग जोडेर हेर्ने गरिन्छ । जसले गर्दा सकेसम्म यो समस्या परिवारभन्दा बाहिर नजाओस् भन्ने चाहन्छन् मानिसहरू । डिप्रेसनको उपचार अन्य रोगको उपचारजस्तो सहज हुँदैन । डिप्रेसनको उपचार दुई तरिकाबाट गरिन्छ । एउटा विशेषज्ञ परामर्शबाट र अर्को औषधिको प्रयोगबाट ।रोकथामका उपाय :– शारीरिक रुपमा सक्रिय रहने ।– रमाइला कामका लागि समय निकाल्ने ।आफ्ना सहयोगीहररूमाझ समय बिताउने ।– योग र ध्यान गर्ने ।– अत्यन्त महत्वाकांक्षी नहुने । सन्तुलित एवं पोषणयुक्त खानेकुरा खाने ।– धूमपान र मध्यपानको लतमा नपर्ने ।– उदासीपनका कुनै लक्षण देखा परे विशेषज्ञ चिकित्सककोपरामर्श लिने ।
Views: 0