कोरोनाभाइरस: युरोपमा महामारीबाट मृत्यु हुने बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो, एक दिनमा अहिलेसम्मकै सर्वाधिक

२०७६ चैत्र ४, मंगलवार ०७:५७ गते २०७६ चैत्र ४, मंगलवार ०७:५७ गते २०७६ चैत्र ४, मंगलवार ०७:५७ गते

बिबिसी। कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित युरोपका तीनवटा देशबाट प्राप्त तथ्याङ्कमा उक्त भाइरसका कारण त्यहाँ एकै दिनमा मृत्यु हुने मानिसको सङ्ख्या अहिलेसम्मकै उच्च भएको देखिएको छ।यूकेमा पनि एकै दिनमा ज्यान गुमाउने बिरामीको सङ्ख्या सर्वाधिक पुगेको छ। आइतवार १४ जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या ३५ पुगेको छ।महामारी नियन्त्रण गर्ने प्रयासस्वरूप युरोपका देशहरूले नागरिकहरूको हिँडडुलमा प्रतिबन्ध लगाएका छन् तथा सीमामा कडाइ गरेका छन्।जर्मनीले सोमवार बिहानदेखि फ्रान्स, स्विट्जरल्यान्ड, अस्ट्रिया, डेनमार्क र लक्सम्बर्गसँगको सीमामा नियन्त्रण गर्न लागेको छ। पोर्चुगलले पनि स्पेनसँगको सीमा बन्द गर्दैछन्।

चेक सरकारले काममा जान, आवश्यक सामग्री किनमेल गर्न र कसैलाई आकस्मिक रूपमा भेट्नुपरेमा मात्र जान पाइनेगरी आइतवार मध्यरातिदेखि हिँडडुलमा प्रतिबन्ध लगाएको छ। उक्त प्रतिबन्ध मार्च २४ सम्म लागु हुनेछ।अस्ट्रियामा पाँच जनाभन्दा बढी मानिस भेला हुन पाउनेछैनन्। रिपब्लिक अफ आयरल्यान्डमा मार्च २९ सम्म सबै मदिरालय बन्द गर्न निर्देशन दिइएको छ।युरोपभरि विद्यालयहरू बन्द रहनेछन्।चीनबाट फैलिएको कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अहिले युरोप भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। उसले कोभिड-१९ लाई प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारी घोषणा गरिसकेको छ।कसरी जोगिने?सङ्क्रमण हुनबाट कसरी जोगिनेके गर्ने, के नगर्ने?

‘रुघाखोकी लाग्दैमा आत्तिनुपर्दैन’नेपाल कति तयार?रोकथाममा चुनौतीका चाङसङ्क्रमण हुँदा के हुन्छ?मानिसको शरीरमा यस्तो हुन्छ:नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्कोरोनाभाइरस कहाँसम्म फैलिएको छ?सङ्कट कति गम्भीर छ भन्ने कुराको सङ्केत स्विट्जरल्यान्डमा २४ घण्टा भित्र सङ्क्रमित व्यक्तिको सङ्ख्या ८०० बाट २,२०० पुग्नुबाट पाइन्छ। त्यहाँ अहिलेसम्म कोभिड-१९ बाट १४ जनाको मृत्यु भएको छ।सर्वाधिक सङ्क्रमण इटलीमा भेटिएको छ। त्यहाँ लोम्बर्डीमा मात्र २४,७४७ जना सङ्क्रमित भएका छन् र १,२१८ जनाको मृत्यु भएको छ।

गत सोमवारदेखि सरकारले इटलीभरि मानिसहरूको आउजाउमा प्रतिबन्ध लगायो। त्यहाँ खाद्यान्न र औषधि पसलबाहेक अन्य सबै व्यावसायिक केन्द्र बन्द छन्।विद्यालय, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य स्थान त्यसअघि नै बन्द गरिएको थियो।स्पेनमा ७,७५३ जनामा सङ्क्रमण देखिएको छ भने फ्रान्समा ५,४०० जनामा।युरोपका दुई ठूला राष्ट्र स्पेन र फ्रान्सले इटलीको अनुसरण गर्दै कोरोनाभाइरस महामारी अझ फैलिन नदिने उद्देश्यले आपत्कालीन प्रतिबन्धहरू लागु गरेका छन्।सङ्कटकाल घोषणा गर्दै स्पेनले सर्वसाधारण नागरिकलाई अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ।शनिवार रातिदेखि फ्रान्समा रेस्टुराँ, क्याफे, चलचित्रघर र रात्रिक्लब तथा अत्यावश्यकबाहेक अन्य सबै व्यवसायहरू बन्द भएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *