चलचित्र ‘बेल बटन’मा अक्षय कुमारको श्रीमती बन्दै बाणी ।।

२०७६ चैत्र ६, बिहीबार १०:१३ गते २०७६ चैत्र ६, बिहीबार १०:१३ गते २०७६ चैत्र ६, बिहीबार १०:१३ गते

बलिउडमा नायिका बाणी कपुरले हिट चलचित्र दिइरहेकी छिन् । उनी अभिनित चलचित्र ‘वार’ले बक्स अफिसमा ब्ल्कबस्टरको व्यापार गर्यो । तर, उनले बलिउडमा अपेक्षित सफलता भने पाएकी छैनन् । उनै, बाणी अब नायक अक्षय कुमारको नयाँ चलचित्रमा देखिने पक्का भएको छ । अक्षय नयाँ चलचित्र ‘बेल बटन’मा काम गर्दैछन् । यो चलचित्रका लागि नायिका बाणी कपुर अक्षयको जोडीको रुपमा फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रमा नायिका कपुर अक्षयकी श्रीमतीको भूमिकामा देखिदैछिन् । बाणीले यो चलचित्रमा केही हप्ता अगाडि नै काम गर्ने पक्का भएको हो । अहिले उनको लुक्सको टेष्ट भैरहेको भारतीय मिडियामा उल्लेख छ ।

यो चलचित्रमा ८० को दशकको एक पात्रको कथा भन्नेछ । भारतले विर्सिएको एक हिरोको कथामा चलचित्र बन्ने बताइएको छ । यो चलचित्र सन् २०२१ को अप्रिल २ मा रिलिज हुँदैछ । यो चलचित्रलाई रञ्जित तिवारीले निर्देशन गर्दैछन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *