‘घरबाट बाहिर ननिस्कन काठमाडौंबासीलाई सरकारको आग्रह, कोरोना छैन भन्ने कुनै ग्यारेन्टी छैन’

२०७६ चैत्र ७, शुक्रबार ०६:५० गते २०७६ चैत्र ७, शुक्रबार ०६:५० गते २०७६ चैत्र ७, शुक्रबार ०६:५० गते

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि अत्यावश्यक कामबाहेक काठमाडौंबासीलाई बाहिर ननिस्कन र भिडभाडमा नजान सरकारले आग्रह गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै काठमाडौं उपत्यकाबासीलाई जरुरी काम बाहेक अर्को निर्णय नहुन्जेलसम्मका लागि घरबाहिर जभाभावी भिडभाडमा नजान सुझाएको हो ।‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डुमा कुनै पनि सभारसमारोहरठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाडौंका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने ।

स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए।‘अब यहाँ काठमाडौंमा पनि कसलाई कोरोना छ कि छैन कुनै ग्यारेन्टी छैन, कुनै सभारसमारोह गर्दा कोरोना महामारी फैलियो भने कसले जिम्मेवारी लिने ?,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसैले अब घरभित्रै बस्ने, तातोपानी खाने, अत्यावश्यक काम नभईकन घरबाहिर ननिस्किने।’यसअन्तर्गत होली (फागु पर्व) पनि नमनाउन समेत आग्रह गरिएको उनले बताए । ‘हामी तपाईंहरूको सञ्चारमाध्यममार्फत काठमाडौंका वासिन्दालाई विशेष अनुरोध गर्छौं कि अहिले कोरोना संक्रमणले विश्वमै आतंक मच्चाइरहेको छ, नेपाल पनि त्यसको उच्च जोखिममा छ,’ त्यसैले सचेत बनौं, सतर्कता अपनाऔं, महामारी भित्रिन नदिऔं,’उनले भने ।

*सचेतनाका लागि यो पोष्ट सेयर गरौंकोरोनाबाट बच्न घरमै कसरी बस्ने क्वारेन्टाइन  सरकारले रुघाखोकी र सामान्य ज्वरो आएका तथा विदेशबाट फर्किएकालाई १४ दिनसम्म घरमा छुट्टै बस्न अनुरोध गरेको छ ।१ सय ४ डिग्रीभन्दा माथि ज्वरो आए तत्काल अस्पताल जान र सामान्य ज्वरो र रुघाखोकी लागेमा चाहिँ घरमै क्वारेन्टाइनमा अर्थात छुट्टै बस्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो । तर विदेशबाट फर्किएका जोकोहीलाई पनि घरमै क्वारेन्टाइनमा बस्न मन्त्रायलको आग्रह छ ।कोरोनाको लक्षण १४ दिनभित्र देखिने र संक्रमित व्यक्तिमा लक्षण नदेखिइकनै उसको सम्पर्कमा रहेका व्यक्तिमा कोरोना सर्ने जोखिम हुने भएकाले विदेशबाट आएका व्यक्तिलाई १४ दिन दुःख खप्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभयो ।

घरमै क्वारेन्टाइनमा रहँदा हावा ओहोरदोहोर गर्ने छुट्टै कोठामा बस्ने, मास्क लगाउने, सकेसम्म छुट्टै शौचालय प्रयोग गर्ने, छुट्टै शौचालय सम्भव नभए नियमित सरसफाइ गर्ने, अरु व्यक्तिसँगको दूरी बढाउने, भान्सा, बैठक कोठा लगायत जमघट हुने ठाउँमा नजाने, घरबाट बाहिर ननिस्कने, बारम्बार साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुने, हात धुने अवस्था नभए ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, आफूले प्रयोग गरेका कपडा, रुमाल अरुलाई प्रयोग गर्न नदिने र मानिससँगको दूरी कम्तीमा एक मिटर कायम गर्न पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले आग्रह गर्नुभयो ।यस्तै छुट्टै बस्दा पनि नियमित तापक्रम जाँच्ने र रुघाखोकी लागे तत्काल अस्पताल जान पनि उहाँको सुझाव छ । छुट्टै बसेको १४ दिनपछि कोरोनाको कुनै लक्षण नदेखिए मात्र आफन्त भेट्न उहाँको सुझाव छ ।

आफन्तलाई भेट्नुअघि आफ्नो नजिकैको स्वास्थ्य संस्थामा जँचाउन पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । सरकारले विदेशबाट आउने नागरिकलाई आजदेखि विमानस्थलदेखि नै निगरानीमा राख्ने निर्णय यसअघि नै गरिसकेको छ ।त्यसै अनुसार विमानस्थल ओर्लनेबित्तिकै उनीहरुलाई १४ दिनभित्र गर्न हुने र नहुने कामको विवरण सहित फारम भर्न लगाउने र उनीहरुसँग नियमित सम्पर्कमा रहने सरकारको तयारी छ ।यसैबीच अहिलेसम्म ४ सय ५६ जनाको कोरोना परीक्षण गरिएकामा एक जनाबाहेक अरुमा कोरोना नभएको पाइएकाले नआत्तिन तर सावधानी भने अपनाउन सरकारले आग्रह गरेको छ ।विदेशबाट आएका व्यक्ति र उसको सम्पर्कमा रहेका व्यक्तिमा १४ दिनभित्र रुघाखोकी तथा ज्वरो आए निगरानीमा राख्ने गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिले पनि काठमाण्डौ टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ५ जना र एक जना ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा गरी ६ जनालाई निगरानीमा राखिएको छ ।

रुघाखोकी लाग्नु तर खकार नआउनु, १ सय ४ डिग्री भन्दा धेरै ज्वरो आउँनु, घाँटी दुख्नु, मासु दुख्नु र सास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । कोरोना भएपछि निमोनिया हुने र मिर्गौलालगायत शरीरका मुख्य अंग खराब भएर ज्यानै जाने गरेको पाइएको छ ।बाहिरबाट घर फर्किएपछि साबुनपानीले मिचिमिची हात धुन, बिरामीको छेउमा जाँदा अनिवार्य मास्क लगाउन, खोक्दा र हाच्छँयु गर्दा नाक र मुख छोप्न तथा ज्वारो आउने, घाँटी दुख्ने र सास फेर्न गाह्रो भए स्वास्थ्य संस्थामा जान पनि डाक्टरको सुझाव छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *