समिर नेपाल/काठमाडौं १० चैत – नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्। उनले आफ्नो सामाजिक संजाल फेस्बुक र ट्वीटरमा लेख्दै सबैले विपदमा श्रोत जुटाउन सरकारको साथमा रहेको भन्दै आश्वास्त गर्न पनि आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘सरकारको कोरोना कोषमा हामी प्रत्येक सांसदको ! महिनाको तलब जम्मा गरौं।
जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पारौँ।’ त्यस्तै उनले सरकारले पनि विपदमा नागरिकलाई अप्ठ्यारो पर्न दिने छैन भन्ने गरी आश्वास्त गर्नुपर्ने उल्लेख गरेका छन्। उनले थप लेखेका छन्, ‘सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पनैदिने छैन भनेर आश्वस्त पारोस्।’वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकालले काम नगरेको र घरमा पाहुना आएको भिडियो भाइरल हुँदा उनको चौतर्फी आलोचना हुँदै आइरहेको छ तेस्तैमा पुर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले कोरोना भाइरस कोभीड १९ बाट सामधानी अपनाउन सर्किय भुमिका खेल्दै आएका छन्। उनकै पहलमा नेपाली टेलिकमको रिङ्गव्याक टोनमा कोरोना भाइरस सम्बन्धि जनचेतना मुलक सन्देश प्रवाह गर्न थालिएको हो । उनले आठ पृष्ठको सन्देश र सावधानीको पत्र सार्वजनिक गरिसकेका छन् । उनले बारम्बार सरकारलाई काम गर्न सुझाइ रहेका छन् । उनले गर्ने हरेक क्रियटिभ कामको सधै प्रसंशा हुने गरेको छ ।
Views: 0