- कैलालीमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमण भित्रिन नदिनका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा सोमबार दिउँसो २ बजेपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए । यसअघि आइतबारबाट कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0