प्रदेश अनलाइन खबर। काठमाडौं ११ चैत। नेपालमा नयाँ एकजना कोरोनाका संक्रमित फेला परेपछि चीनले फेरि पनि सहयोगी भाव देखाएको छ ।कोरोना भाइरसको सम्भावित जोखिमसँग जुध्न तयार रहेको नेपाललाई दिइने सहयोग सामाग्रीसहित चिनियाँ विमान नेपाल आउँने भएको छ ।
विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने जानकारी पहिले नै दिएको थियो ।त्यही स्वास्थ्य सामाग्रीसहित चिनियाँ विमान नेपाल आउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउन लागेको हो ।नेपाल सरकारले आफूसँग कोरोना भाइरसविरुद्ध पर्याप्त औषधि उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन लागेको हो।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0