समिर नेपाल/रौतहटको चंद्रपुर नगरपालिका वडा नम्बर ६ को एक घरमा आगलागी भएको छ । चंद्रपुर ६ बजार भन्दा १०० मिटर दक्षिणमा रहेको एक घरमा आगलागी भएको हो । आग-लागी हुँदा स्थानीय कृष्णा बहादुर बि.क को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
बिजुली सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगलागी बाट घरमा रहेको ४ तोला सुन, ३ लाख नगद,लत्ता-कपडा लगायत १० लाखको हाराहारीमा नोक्सान भएको बि.क ले बताए । चंद्रपुर न.पाको दमकल ,स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिईएको छ । समय भन्दा करिव १ घण्टा पछी मात्र चंद्रपुर नगरपालिकाको दमकल आईपुग्दा स्थानीयले आक्रोश पोखेका छन् । समयमै दमकल आएको भए धेरै क्षती हुन् बाट जोगिन सकिने स्थानीयको भनाई रहेको छ । दमकल चंद्रपुर नगरपालिकाको मेयर रामचन्द्र चौधरीको घरमा भएको कारण आऊन ढिलाई भएको बुझिएको छ । मेयर चौधरीलाई स्थानीयले फोन गर्दा नगरपालिकाको दमकल तयारी अवस्थामा नरहेकोले तत्काल पठाऊन नसकिने गैरजिम्मेवारीपूर्ण जवाफ दिएको स्थानीयले बताएका छन् । नगरपालिकाको पटक-पटकको गैर-जिम्मेवारीपनले यस नगरका नागरिकले सास्ती भोग्दै आएका छन् । यस अघि चंद्रपुर नगरपालिका -५ चिडियादहमा पनि आगलागी हुँदा नगरपालिकाको दमकल १ घण्टा पछी मात्र पुगेको थियो।
Views: 0