लक डाउन भएपनी खाद्यान्न पसल दिनभरि खुल्ने – गृह मन्त्रालय

२०७६ चैत्र ११, मंगलवार २३:५४ गते २०७६ चैत्र ११, मंगलवार २३:५४ गते २०७६ चैत्र ११, मंगलवार २३:५४ गते

समिर नेपाल/काठमाडौं ११ चैत सरकारले बुधबारबाट दिनभर खाद्यान्न पसल सञ्चालन गर्न दिने भएको छ । यसअघि बिहान र बेलुका मात्र पसल खोल्न दिँदा भिड बढेपछि दिनभर पसल खोल्न दिइने भएको हो। महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले भने,‘अत्याश्वक खाद्य वस्तु राखिएका पसल बुधबारबाट दिउँसो पनि खोल्न भनेका छौं ।’

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले गरेको निर्णयमा खाद्यान्नसम्बन्धी सामग्री कुन समयमा बिक्री गर्न पाइने भन्ने विषयमा व्याख्या गरिएको थिएन । जसकारण सर्वसाधारण र पसल सञ्चालकमा अन्यौलता सिर्जना भएको थियो । गृह मन्त्रालयका सह-सचिव केदारनाथ शर्माले पनि विज्ञप्ति जारी गर्दै स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत लगायत कारोबार गर्ने पसलहरू बन्द नहुने बताउँदै सदा झैँ निर्वाद सञ्चालक गर्न अनुरोध गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *