भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरसको सन्दर्भमा दोस्रो पटक राष्ट्रका नाममा संवोधन थप २१ लक डाउन !!

२०७६ चैत्र १२, बुधबार ००:१३ गते २०७६ चैत्र १२, बुधबार ००:१३ गते २०७६ चैत्र १२, बुधबार ००:१३ गते

समिर नेपाल/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सन्दर्भमा दोस्रो पटक राष्ट्रका नाममा संवोधन गरेका छन् । मोदीले मंगलबार राति १२ बजेदेखि भारतभर सम्पूर्ण देशमा सम्पूर्ण लकडाउनको घोषणा गरेका छन् । उनले घरबाट बाहिर निस्किन पूर्णरुपले निषेध लगाएका छन् । भारतमा तीन हप्ता (२१ दिन) को लकडाउन लगाइएको हो । मोदीले यो कर्फयुजस्तै भएको भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

मोदीले घरमै रहेर मात्रै कोरोनाबाट बच्न सकिने भन्दै सबैलाई घरमै रहन आग्रह गरेका छन् । कोरोना भाईरस त्रासमा कोही सडकमा ननिक्लनु भएको भन्दै घरमा रहन मोदीले आग्रह गरेका हुन् । उनले संक्रमितको संख्या पहिलो एक लाख पुग्न ६७ दिन लागेकामा दुई लाख पुग्न केवल ११ दिन लागेको र दुई लाखबाट तीन लाख पुग्न सिर्फ चार दिन लागेको भन्दै कोरोना निकै तेज गतिमा फैलिएको बताए । कुनै पनि अफबाह वा अन्धविश्वासबाट बच्न पनि मोदीले आग्रह गर्दै चिकित्सकको परामर्शबिना कुनै पनि औषधिको सेवन नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

मोदीले गत मार्च १९ तारिखमा पहिलो संवोधन गरेका थिए । १९ मार्चको संवोधनमा उनले ‘जनता कर्फयु लगाएका थिए । उनले उक्त कदमको प्रंशंसा गर्दै अब पनि एकवद्ध भएर कोरोनालाई परास्त गर्नुपर्ने बताएका छन् । संकट आउँदा आफूहरुले मिलेर काम गरेको मोदीले बताएका छन् । उनले कोरोनाबाट बच्न सोसियल डिस्टेन्सिङ र आफ्नो घरमै बस्नुपर्नेमा आग्रह गरेका छन् । लापरवाही जारी रहे भारतलाई यसको ठूलो मुल्य चुकाउनु पर्ने भन्दै चेतावनी दिएका छन् । यसको मुल्य कति होला भनी अनुमान समेत गर्न नसकिने बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *