सरकारले लकडाउन गरेपछि ग्राहकलाई नेपाल टेलिकमको नयाँ योजना

२०७६ चैत्र १२, बुधबार १०:२४ गते २०७६ चैत्र १२, बुधबार १०:२४ गते २०७६ चैत्र १२, बुधबार १०:२४ गते

काठमाडौं १२ चैत कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्नका लागि नेपाल सरकारले लकडाउन गरेपछि नेपाल टेलिकमले ग्राहकलाई पर्ने असुविधाप्रति ध्यान दिँदै हितका लागि विभिन्न सेवाहरु ल्याएको छ। टेलिकमले विभिन्न सेवाहरुको महसुल तिर्ने समय थप गरेको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै टेलिकमले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा नेपाल टेलिकमले ग्राहक वर्गको हितका लागि विभिन्न सेवाहरुको महसुल तिर्ने समय थप गरेको जनाएके हो।

यस्तो छ टेलिकमले जारी गरेको विज्ञप्ति–कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ । यस सन्दर्भमा अत्यावश्यक सेवाको रूपमा रहेको दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

यस कार्यका लागि आवश्यक समन्वय गर्ने ध्येयले मिति २०७६ चैत्र ११ गते निम्न अनुसारका निर्णयहरू गरिएको व्यहोरा ग्राहकवर्गमा जानकारी गराउँदछौं ः

१. पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने ।

२. कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *