डाक्टरलाई अभाव भएको पीपीई मन्त्रीको बुढाले फोटो खिच्न प्रयोग गर्दै

२०७६ चैत्र १२, बुधबार १०:३० गते २०७६ चैत्र १२, बुधबार १०:३० गते २०७६ चैत्र १२, बुधबार १०:३० गते

काठमाडौं १२ चैत .कोरोना भाइरसको संक्रमणले विश्वलाई चुनौती दिइरहेको छ। नेपालमा पनि कोरोना भाइरस संक्रमणबाट नागरिकलाई जोगाउन सरकारले मंगलबारबाट देश एक साताका लागि लकडाउन गरेको छ। यहि बीच कोरोना भाइरसको उपचारमा खटिने चिकित्सकका लागि पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई) को अभाव भइरहेका समाचार आइरहेका छन्। जनस्वास्थ्य प्रयोगशालादेखि विभिन्न अस्पतालमा पीपीईको ब्यवस्था नहुँदा उपचारमा खटिने चिकित्सकहरुले आफूहरूलाई भाइरस सर्ने डरले उपचार गर्न डराई रहेका छन्।

नेपालमा पीपीई पर्याप्त नभएको र चीनबाट मगाइएको भन्ने जानकारी सरकारले दिइरहेको छ। तर,सरकारका त्यहि थोरै मात्रामा रहेको पीपीई मन्त्रीका घर घरमा पुगेको पाइएको छ। स्वास्थ्य उपचारमा खटिनेहरुले लाउने गाउन, मास्क, फेस प्रोटेक्शन, ग्लोव सहितको पीपीई अहिले मन्त्रीका परिवारका सदस्यको फोटोसुटको साधन भएको छ। भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेलले चिकित्सकले प्रयोग गर्नुपर्ने पीपीईलाई फेसनका रुपमा लिएर फेसबुकमा पोष्ट गरेका छन्। कोरोना भाइरसका लागिचिकित्सक ले प्रयोग गर्नुपर्ने पीपीईको फोटो फेसबुकमा राखेर पौडेलले लेखेका छन्–‘म घरमै बस्छु,गर्नुपर्ने काम घरबाटै फोन इमेल र मेसेजबाट गर्छु। अरुको घरमा सकेसम्म जान्न। अरुलाइ पनि आफ्नै घरमा बस्न भन्छु। आफ्नो काम आफै गर्छु।

भिटामिन सी युक्त घरमै बनाएको खानेकुरा खान्छु। सरसफाइ गर्छु। साबुन पानीले हात धुन्छु, त्यसैले कोरोना म नजिक आउन सक्दैन। हजुर पनि यसै गर्नुस् अनि अरुलाइ पनि यसै गर्न भन्नुस् है।’चिकित्सकका लागि पीपीई अभाव भएको बेला उनले फेसबुकमा सो फोटो प्रदर्शन गरेका हुन्। फेसबुकमा प्रदर्शन गरेका पौडेललाई पीपीई घरमा नराखेर अस्पताललाई दिन दबाव दिएपछि मंगलबार उनले गाउन, मास्क, फेस प्रोटेक्शन, ग्लोव वालिङ अस्पताललाई दिएको फोटो पनि राखेका छन्।तर उनले लगाएको सो पीपीई सेनिटाइज गरेर दिएको हो की होइन भन्ने बारेमा पौडेलले खुलाएका छैनन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *