काठमाडौं १२ चैत। प्रदेश अनलाइन खबर। सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा चढेका उनीहरुलाई गएराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरु काठमाडौंबाट चितवनको भरतपुर हेटौडा हुँदै वीरगञ्ज पुगेका हुन् । कन्टेनर चालकलाई दुई–दुई सय रुपैयाँ भाडा दिएर उनीहरु वीरगञ्ज पुगेका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरु बारा, पर्सा र रौतहटका बासिन्दा हुन् ।उनीहरु व्यापार व्यवसाय र मजदुरीका लागि काठमाडौं, भरतपुर र हेटौंडामा बस्दै आएका थिए । मंगलबारदेखि लकडाउन भएपछि घर फर्किन अन्य कुनै सवारी साधन नपाएपछि खाली कन्टेनर भित्र बसेर घर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0