गणेश कुँवर/एस्तो सोच मलाई मात्र आको होकी अरु लाई पनि आको छ?? कि मैले नबुझेको हो??? मैले नबुझेको कुरा, अगी पछि औसधि उपचारको नाममा देश भरि ठुला ठुला अस्पताल, मेडिकल कलेज खोल्ने होडबाजी चल्ने हाम्रो देश मा अहिले देश कोरोना जस्तो महामारी बाट जुधिरहेको बेला एति ठुलो लगानी गरेर अस्पताल, मेडिकल कलेज खोल्न सक्ने प्राइभेट सेक्टर का अस्पताल ले सामान्य जोरो आउदा पनि आफ्नो अस्पताल मा भर्ना नलिने र सरकारी अस्पताल मा रेफर गर्ने यो कुन तरिका हो????
करोडौ लगाएर अस्पताल बनाउन सक्ने प्राइभेट सेक्टर हरु ले यो बेला अलि पैसा लगानी गरेर आफ्ना डाक्टर नर्स हरु लाई PPE(personal protective equipment) उपलब्ध गराई, कोरोना जाच्ने ल्याब बनाएर देश का सबै स्थान मा सरकार ले तोकेको कम दस्तुर मा चेक जाच किन गर्दैनन्???? जोरो को केस लिएर कुनै पनि प्राइभेट अस्पताल अथवा मेडिकल गयो भने सरकारी अस्पताल पठाउने अथवा टेकु अस्पताल रेफ़र गर्ने किन हो???? अरु बेला उपचार को नाम मा करोडौ कमाउने ले अहिले जोरो आउदा हाम्रो मा बेड छैन भन्दै सरकारी अस्पताल पठाउने??? सधै पैसा मात्र कमाउने कि परेको बेला देश को लागि नि निसुल्क अथवा कम दस्तूर मा नि सेवा गर्ने???
Views: 0