एकै दिन २ सय ५४ जनालाई राखियो क्वारेन्टाइनमा

२०७६ चैत्र १३, बिहीबार ०१:२६ गते २०७६ चैत्र १३, बिहीबार ०१:२६ गते २०७६ चैत्र १३, बिहीबार ०१:२६ गते

समिर नेपाल/डोटि चैत १३ – भारतका विभिन्न शहरमा मजदुरी गरि कैलालीको गौरीफन्टा नाकामा अलपत्र परेका डोटीका दुई सय ५४ जना जिल्लामा ल्याइएका छन्। ल्याइएका सबैलाई क्वारेन्टाइनमा राखिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए। भारतबाट आएका सबै जनालाई आ-आफ्नो स्थानीय तहमा पुर्याएर क्वारेन्टाइनमा राखिएको प्रजिअ पौडेलले बताए। सबैको खाने र बस्ने व्यवस्था सम्बन्धित पालिकाले लिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। उनीहरुबाट कोरोना संक्रमणको जोखिम बढिरहेकाले कम्तिमा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने र समय समयमा उनीहरुको स्वास्थ्य जाँच गराइने प्रजिअ पौडेलले बताए। भारतबाट आएका मध्य शिखर नगरपालिकामा ७२ जना रहेका छन्। उनीहरुलाई नगरपालिका भित्र रहेका सिद्धेश्वर मावि,अम्मर आबि,नमोदय माबी र मस्टा माविमा क्वारेन्टाइन स्थापना गरेर राखिएको नगर प्रमुख सिताराम जोशीले बताए। दिपायल सिलगढी नगरपालिकाका २२ जना र केआईसिंह गाउँपालिकाका ११ जना गरी ३३ जनालाई सेती सभाहल राजपुरमा राखिएको दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताइन। उनीहरुको सबै व्यवस्थापन पालिकाले नै गर्ने गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए।

उता बड्डीकेदार गाउँपालिकामा आएका २९ जनालाई बिपीनगरस्थित केदार ज्योती क्याम्पसमा राखिएको र उनीहरुको स्वास्थ्य परीक्षणसमेत भएको स्वास्थ्य शाखाका इन्चार्ज योगेन्द्रबहादुर शाहीले बताए। बोगटान फुड्सील गाउँपालिकाका ४९ जनालाई खत्याडि मावि राखिएको बताइएको छ। आदर्श गाउँपालिकामा आएका ६१ जनालाई शारदा मावि मौवमा राखिएको गाउँपालिकाले बताएको छ। पूवीचौकी गाउँपालिकामा भने पछिल्लो समय दुई जना मात्रै भारतबाट आएका छन्। एक जनालाई सोही गाउँपालिमा रहेको जन कल्याण सहकारी संस्था र अर्कोलाई एक्लै घरमा राखीएको बताइएको छ। त्यस्तै जोरायल गाउँपालिकामा पनि भारतबाट आएका एक जनालाइ क्वारेन्टाइन राखीएको जनाएको छ। मंगलबार ल्याइएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको भए पनि केही दिन अगाडि भारतबाट हजारौं संख्यामा आएका डोटीबासी आ–आफ्नो घरमा बसिरहेका छन्। उनिहरुलाई परिवारबाट अलग (सेल्फ क्वारेन्टाइन) मा बस्नु भनेर पटक पटक सम्झाउँदासमेत नमानिरहेको जनप्रतिनिधी बताउँछन्। उनीहरुका कारण समुदायमा एक किसिमको त्राससमेत फैलिएको छ। डोटीका विभिन्न स्थानीय तहले बिपत ब्यवस्थापन तथा कोरोना विरुद्धको तयारीका लागि कोष गठन गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *