कोरोनाको संकटमा गुमनाम मेयर द्वारिकलाल, फोन गर्ने पत्रकारलाई मुख छाडे

२०७६ चैत्र १३, बिहीबार १६:४५ गते २०७६ चैत्र १३, बिहीबार १६:४५ गते २०७६ चैत्र १३, बिहीबार १६:४५ गते

पत्रकारको नाकको डाँडी भाच्छु भन्ने इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरी फेरी विवादमा तानिएका छन् । चौधरीले एरिना टेलिभिजनको लाइभ मै संचारकर्मीलाई अपशब्द प्रयोग गरेका छन् ।एरिना टेलिभिजनले संचालन गरेको कोरोना बिशेष कार्यक्रममा सुस्मिता राईले सहयोगी संचारकर्मीलाई फोन गर्न लगाउदा मेयर चौधरीले लाइभ कार्यक्रम मै नानाभाति गाली गरेका हुन् ।कोरोनाबिरुद्ध चालेका कदमहरुका बारेमा पत्रकारले प्रश्न गर्दा मेयर चौधरीले भन जा.. मु.. तेरा बाउलाई फोन गरेको छस भाते भन्दै फोन काटेका छन् ।

कोरोनाको समय मेयर कता हराए त भनेर बुझ्न गरिएको प्रश्नमा मेयर चौधरीले अपशब्द बोले। इटहरिको अभिभावक नै रहेका मेयरसँग टेलिफोन सम्पर्क गर्दा अपशब्द बोलेर फोन काट भन्दै गालीको बर्षा नै गरे ।मेयर चौधरीसँग सम्वाद यसरी अघी बढेको थियो:संचारकर्मी- सर नमस्ते सर म एरिना टेलिभिजनबाट मेयर चौधरी-के रेसंचारकर्मी-सर म एरिना टेलिभिजनबाट

मेयर चौधरी-भन जा.. मु..

संचारकर्मी- सर सुन्नु न
मेयर चौधरी- तेरा बाउलाई फोन गरेको छस भाते
मेयर चौधरी-भन जा..मु..

यसअघि महिलाहरु माथि अपशब्द बोलेपछि मेयर चौधरी विवादमा तानिएका थिए । इटहरीमा बढ्दो वेश्यावृत्तिलाई लिएर मेयर चौधरीले कार्यक्रममा अशोभनीय शब्द प्रयोग गरेका थिए।नेकपाका नेता समेत रहेका चौधरीले पटकपटक इटहरीको लबिपुर चोकलाई ‘र… जिन्दावाद’ भन्दै भाषण गरेका थिए। उनले सो क्षेत्रमा र… कै कारण घरभाडा चल्ने, र… कै कारण औषधी पसल चल्ने, मनोरञ्जन गर्न र.. चाहिने जस्ता अपशब्द बोलेका थिए। सोही कारण इटहरी बदनाम भएको मेयर चौधरीको भनाइ थियो।यसअघि इटहरीका पत्रकार विराट अनुपमलाई धम्कीको दिएपछि विवादमा तानिएका थिए । उनले पत्रकारलाई कालोमोसो दल्नेदेखि नाकको डाँडी भाच्ने जस्तासम्म धम्कीहरु दिएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *