काठमाडौं महानगरपालिकाले ज्यालादारी मजदुरी र घरवार बिहिन लाई राहत बाड्ने !

२०७६ चैत्र १३, बिहीबार २३:३२ गते २०७६ चैत्र १३, बिहीबार २३:३२ गते २०७६ चैत्र १३, बिहीबार २३:३२ गते

काठमाडौं१३ चैत काठमाडौं महानगरपालिकाले सबै वडामा ज्यालादारी मजदुरी गर्ने व्यक्तिहरुको विवरण संकलन गर्ने भएको छ। कोरोना भाइरसको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेसँगै दैनिक रुपमा काम गरेर घरपरिवार चलाइआएका मानिसहरुको विचल्ली भएको खबरहरु सार्वजनिक भएपछि महानगरपालिकले विवरण संकलन गर्न लागेको हो। मजदुरी गर्दै आएकासँगै घरबार विहिन मानिसलाई कोभिड १९ रोकथाम र नियन्त्रण गर्नका लागि वडामा छुटाइएको रकमबाट आवश्यक राहत र सहयोग उपलब्ध गराउने महानगरले निर्णय गरेको छ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा बसेको बैठकले सबै वडाहरुलाई विवरण संकलन गरेर राहत उपलब्ध गराउने भनेको हो। यस्तै बैठकले सबै वडालाई अति विपन्न र ६ महिना देखि वडा क्षेत्रमा बसोवास गर्दै आएका श्रमिक कामदारहरुको विवरण संकलन गरी महानगरको प्रशासन कार्यालयमा बुझाउन समेत भनेको छ। महानगरले कोरोना भाइरसको नियन्त्रणका लागि सुरु गरेको सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउने र खाद्य पसलहरुलाई निर्वाध रुपमा संचालन गर्ने व्यवस्था गर्ने निर्णय समेत गरिएकको छ। प्रहरीको सहयोगमा भएपनि घरघरमा खाद्यान्न पुर्‍याउने प्रयासमा महानगर रहेको बताइएको छ। काठमाडौं महानगरभित्र नै हालसम्म कोरोना भाइरसको ३ वटा केस देखिएको छ। ती मध्ये सबैजना विदेशबाट फर्किएका हुन्। त्यसैले महानगरले विदेशबाट फर्किएकाहरुको अभिलख तयार गर्न र उनीहरुको अवस्थाका बारेमा विवरण महानगरलाई उपलब्ध गराउन समेत निर्देश दिइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *