शनिदेवको दर्सन गरि आज शनीबारको राषिफल हेर्नुहोस् !!!

२०७६ चैत्र १५, शनिबार ००:४० गते २०७६ चैत्र १५, शनिबार ००:४० गते २०७६ चैत्र १५, शनिबार ००:४० गते

वि.सं. २०७६ चैत १५। शनिवार। इ.स. २०२० मार्च २८। ने.सं. ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। चतुर्थी, २१:३४ उप्रान्त पञ्चमी।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ – शारीरिक र मानसिक रूपमा स्फूर्त भइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। विगतको कर्मफलले मन प्रसन्न रहनेछ।

बृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। सरसापटमा नगद बाहिरिन सक्छ। खर्च गराउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नेछ। पारिवारिक मिलन हुनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह – आम्दानीले उत्साह जगाउनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। धेरै रकम जोहो गर्नुपर्ने हुँदा ऋणभार समेत बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो – मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। साँझतिर आयस्रोत सबल बन्नेछ र नगद पनि हातलागी हुनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे – जिम्मेवारी प्राप्त भए पनि फलप्राप्तिमा भने बाधा हुने देखिन्छ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि लाभांश अरूको हातमा पर्न सक्छ। चिताएको काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अध्यात्मभाव जागृत हुनुका साथै परोपकारी काम सम्पादन हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो – परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। सामान्य कामका लागि पनि धेरै दौडधुप गर्नुपर्ला। तापनि समस्या दर्साउँदा सहयोगीहरूको साथ प्राप्त हुन सक्छ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते – घुमफिर र मनोरञ्जनको समय भए पनि परिस्थिति अनुकूल काम गर्नुहोला। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। भौतिक साधन जुट्नाले दैनिकी रमाइलो रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। अध्ययन र लेखनमा प्रगति हुनेछ। साँझदेखि स्वास्थ्य कमजोर हुनाले काम रोकिन सक्छ। खर्च पनि बढ्नेछ।

बृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु – द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि साँझदेखि दिगो काम प्रारम्भ गर्न सकिनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – अवसर आए पनि काम थाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर रहनेछ। पढाइलेखाइमा गुरुजनको सुझाव र काममा सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेत गर्दा पछिलाई फाइदा हुनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि – हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। बेसुरमा बोल्ने बानीले दु:ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्छ। साँझदेखि मिहिनेतको फल प्राप्त हुनेछ। रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द – छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। साँझतिर पारिवारिक असमझदारी बढ्न सक्छ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि – नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। व्यावसायिक काममा मनग्गे लाभ हुनेछ।

ज्योतिषशास्त्र सम्बन्धी कुनै जानकारी जान्नको लागी उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मा संपर्क गर्नुहोस् ।।।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *