समिर नेपाल/नेपालमा चौथो व्यक्तिका रुपमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका धनगढीका युवक दुबईबाट दिल्ली हुँदै नेपाल फर्केको खुलेको छ। उनी काठमाडौँबाट नेपालगञ्जसम्म हवाईमार्ग र नेपालगञ्जबाट धनगढीसम्म बस चढेर धनगढी पुगेका हुन्। काठमाडौँबाट धनगढी जान जहाजको सोझो टिकट नपाएपछि उनले नेपालगञ्जसम्म हवाई यात्रा गरेको जानकारी प्राप्त भएको छ। त्यहाँबाट बस चढेर धनगढीस्थित घर पुगेलगत्तै उनी टाउको दुख्ने र ज्वरो आउने समस्या भएपछि चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

सोही दिन उनको स्वावको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौँ पठाइएको थियो। शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरेर ३४ वर्षीय ती युवामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ। काठमाडौँ नेपालगञ्ज हवाई यात्रा र त्यसपछि नेपालगञ्ज धनगढीसम्म बसको यात्रा गरेका कारण उनीबाट अरु धेरै व्यक्तिमा पनि कोरोनाको संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ। सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ। यसअघि नेपालमा तीनजनामा संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये दुईको टेकु अस्पतालमा उपचार भइरहेको छ भने एकजना उपचारपछि घर फर्केका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *