आवस्यक परे प्रशासनले कर्फ्यु समेत लगाओस त्यसमा आम नागरिकले सरकारलाई सहयोग गर्नुपर्छ ।

२०७६ चैत्र १५, शनिबार २३:२० गते २०७६ चैत्र १५, शनिबार २३:२० गते २०७६ चैत्र १५, शनिबार २३:२० गते

– संचारकर्मी ( बसन्त राज रिजाल )

कोरोना भाइरस (कोभिड–१९) जुन विश्वव्यापी रुपमै महामारीको रुप लिसकेको छ ।चीनको एउटा प्रान्त बाट सुरु भएको यो भाइरस जुन अहिले विश्व का छ लाख भन्दा बढी जनसंख्यामा संक्रमण फैलिसकेको छ पचिसौ हजार मान्छेको मृत्यु भैसकेको छ। अमेरिका र इटली जस्तो देशमा यसको संक्रमणले त्यहाँका जनता अक्रान्त छन् । हाम्रो देश नेपालमा उच्च जोखिमको सुचीमा छ। नेपालमा हाल सम्म धेरै संक्रमित नभेटेयता पनि हामी जोगिएर बस्ने अवस्था छैन। नेपाल सरकार साथै देश भित्र रहेका संघसंस्थाहरु सक्रिय र गम्भीर भएको देखिदैन ।सरकारले  बिदेशबाट हालसालै नेपाल भित्रिएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न भनी निर्देशन दिएका त्यस्तै बस्छौं भनी आफू भित्रने नाका/विमानस्थलमा आफ्नो विवरण बुझाएकाले त्यसको पालना गरे नगरेको अनुगमन गर्ने प्रभावकारी मापदण्ड हामी संग छैन होला तर अब त्यस्ताले त्यसको पालना नगरी त्यसको उल्लंघन गरेबाफत गम्भीर परिणाम निम्त्याएको पाईए के गर्ने भनि सरकारले अब कानूनी प्रबन्ध समेत यथाशीघ्र छिटो गर्नुपर्यो।

समाजका केही स्वघोषित ठालु बर्ग संक्रमित भएर तिनलाई सरकारले प्रबन्ध गरेको क्वारेन्टाइनमा बस्नु पर्दा असुविधा भयो भनी बखेडा झिक्ने र त्यहाँबाट निसक्न खोज्नेहरुको संख्या भोलीका दिनमा बढ्न जानेछ त्यस्ताको हकमा समेत के गर्ने भनी सरकारले यथाशीघ्र कानूनी प्रबन्ध गर्नुपर्यो।संचारमाध्यमले कोरोना संक्रमणको न्युज ब्रेक गर्न त्यति धेरै हतार नगरुन जसका कारण हिंजोको जस्तै अपुष्ट झुठो खबर आगामी दिनमा नफैलियोस। साथै कुनै पनि संक्रमण ब्यक्तीको ब्यक्तिगत गोपनियतालाई कायम गरि ब्यक्तिगत विवरणहरु सार्वजनिक नगरौं।

देशमा यस्तो संकटको बेलापनि निरन्तर सेवामा लागेका संचारकर्मी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई तत्काल राज्यले सुरक्षाका सामग्रीहरु उपलब्ध गराउनु पर्छ। अन्य देशमा सुरक्षा सावधानी अपनाएता पनि उपचारमा खटिएका डाक्टरहरु संक्रमित भएका छन् कतिको त ज्यान पनि गएको छ। तेसैले हाम्रो देशमा सरकारले अभिलम्ब ती आवश्यक सुरक्षा सामग्रीहरु उपलब्ध गरायोस ।

सरकार संग स्वास्थ्यकर्मीले संकमितको उपचारका क्रममा लगाउनुपर्ने ब्यक्तिगत सुरक्षा उपकरण सहित कोरोना जाँच्ने कीट हाल कति परिणाममा मौज्दात छ जानकारी गराउनुपर्यो साथै नयाँ के कति परिणाममा कहिले सम्म आईपुग्ने गरि मगाईएको छ त्यो पनि जानकारी गराउनुपर्यो। राजधानी टेकु केन्द्रित कोरोना जाँचलाई पहिलो चरणमा सातै प्रदेश सम्म यथाशीघ्र विस्तार गर्नुपर्यो। कुनै नागरिकलाई कोरोनाको आशंका भए कहाँ सम्पर्क गर्ने त्यस्तो जाँच कति अवधी भित्रमा कहाँ हुने त्यो निशुल्क वा के भन्ने सम्पूर्ण जानकारी गराउनु पर्यो।

नेपालमा ठूलो संख्याका नागरिकहरु दैनिक ज्यालादारी श्रम र त्यसैको आयमा निर्भर छ त्यसैले दुईतीन दिन तिनको श्रम बन्द हुने स्थिति आए तिनलाई दैनिक खाद्यान्न अभाव हुन जान्छ त्यसैले सबै स्थानीय तहले त्यस्ता परिवारको पहिचान गरि आवश्यक खाद्यान्न उपलब्ध गराउने ब्यबस्था यथाशीघ्र गर्नुपर्यो।

अहिले जो जहाँ जुन स्थितिमा छ त्यहीँ सुरक्षित हुने भन्ने हो त्यसैले घर फर्कनै पर्ने हतारो गरि अनावश्यक भीडभाड नगरौं। भीडभाड नगरी निश्चित दूरी कायम गरौं संक्रमणबाट आफू पनि बच्ने र अरुलाई पनि संक्रमण फैलन नदिने उपाय अबलम्बन गरौं। सूचना संचारको युगमा सबै कहाँ सूचना क्षणभरमा आईपुग्छ त्यसबाट आफू अपडेट हौं र झुटो सूचना फैलन बाट आफ्नो स्तरबाट रोकि त्यस्ता सनसनी फैलाउने शीर्षक भएका अनावश्यक सेयर नगरौं।अहिले केहि समयको लागि सरकारले लकडाउन को घोषणा गरेको छ आवश्यक पर्यो भने सरकारले निस्चित समय अवधी तोकेर स्थानीय शान्ती सुरक्षा ब्यबस्थापन अन्तर्गत प्रशासनले कर्फ्यु समेत लगाओस त्यसमा आम नागरिकले सरकारलाई सहयोग गर्नुपर्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *