पूर्व संचार मन्त्री बास्कोटा तनावमा सामाजिक संजालबाटै एकपछि अर्को कटाक्ष ।।

२०७६ चैत्र १६, आईतवार ०२:२८ गते २०७६ चैत्र १६, आईतवार ०२:२८ गते २०७६ चैत्र १६, आईतवार ०२:२८ गते

काठमाण्डौ१६ चैत पूर्व – सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटा यतिबेला घरमै बसिरहेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको डिलमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका पूर्वमन्त्री बास्कोटा राजीनामा दिन बाध्य भएका थिए। फुर्सदमा रहेका बास्कोटाले एकपछि अर्को गर्दै सहजै नबुझिने तरिकाको स्टाटस राखिरहेका छन् । सामाजिक संजाल फेसबुकमा उनले शनिबार मात्रै तीनवटा स्टाटस राखेका छन् । पछिल्लो पटक राखेको स्टाटस कविता शैलीमा छ । कसलाई के भन्न खोजेका हुन् भन्ने स्पस्ट छैन ।

प्रि-अक्पाई माईन्डसेटवालालाई प्रश्न भन्दै उनले लोकतन्त्रका कुरा गरेका छन् ।आफुले स्वतन्त्र रुपमा बोल्न नपाएको उनको आशय देखिन्छ । शनिबार राति सवा १० बजेतिर पोस्ट गरिएको अर्को स्टाटसमा उनले नेपाली कांग्रेसलाई कटाक्ष गरेका छन् । उनले लेखेका छन्-´आफुलाई वर्गसंघर्ष र श्रमजीवी वर्गकाे पक्षधर हुँ भन्ने साथिहरुले हेक्का राख्नु पर्छ कि काङ्ग्रेसले पाँच (स)भनेकाे थियाे । सडक,सदन,सामाजिक सन्जाल,सभा समाराेह र सार्वजनिक स्थान बाट कम्युनिष्ट सरकारमाथि हमला गरिने छ ।बैष फर्काउने काङ्रेस सिद्दान्त,तिन बर्षपछिकाे तयारि।`शनिबार विहान पोस्ट गरिएको अर्को स्टाटस यस्तो छ-´तथ्यले पराजित गर्न नसकेपछि केहि मान्छेहरु झुठका पुलिन्दाकाे पहाड खडा गरेर खेति गर्दा रहेछन।प्रदुषणकाे राजनितिक सिद्दान्त हावि रहदासम्म याे गज्जब नै हुन्छ।तर शितकाे आयु घाम नलाग्दासम्म मात्र हाे ।´दुई दिनअघि भने बास्कोटाले प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका छन् । उनले लेखेका छन्-´पुरै संसार कोरोना भाइरस नाम गरेको हलाहल विष पिउँदैछ। सम्माननीय प्रम केपी ओलीक‍ो दृढ आत्मविश्वाससहितको नेतृत्व र जनताको साथबाट हामी सबैले संकटको यो घडीमा निलकण्ठ बन्न सक्नुपर्छ।´बास्कोटाले सेक्युरिटि प्रेस खरीदका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग ७० करोड कमिसन मागेको अडियो संचारमाध्यमहरुमा सार्वजनिक भएसँगै राजीनामा दिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *