कोरोना संक्रमितले जन्माइन जुम्ल्याहा : बच्चा नाम राखियो कोरोना र भाइरस

२०७६ चैत्र १६, आईतवार ११:३३ गते २०७६ चैत्र १६, आईतवार ११:३३ गते २०७६ चैत्र १६, आईतवार ११:३३ गते

एजेन्सी, १६ चैत्र । कोरोना भाइरस संक्रमित महिला अस्पताल भर्ना भइन् । उनी गर्भवती थिइन् । संक्रमणकै अवस्थामा जुम्ल्याहा बच्चालाई शनिबार जन्म दिइन् ।जन्मिएका छोरा र छोरी बच्चाको नाम राखियो कोरोना र भाइरस । यो घटना मेक्सिकोको हो । ३४ वर्षकी अन्नामारिया जोसे राफेलले एक छोरा र एक छोरीको जन्म दिएकी हुन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा उपचाररत राफेलले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

महिलाले बच्चाको नाम राख्ने योजना नबनाएपनि चिकित्सकले मजाक गरेर कोरोना र भाइरस राख्न सुझाएका थिए । उनले पनि यसलाई स्वीकार्दै साँच्चै नाम राखिदिइन् । उनले नाम मन परेको बताइन् । राफेलले भनिन्, ‘जब मलाई संक्रमण भएको थाहा पाएँ मैले शिशुहरुलाई अमेरिकी नागरिकको रुपमा अर्को हप्ता अमेरिकामा जन्माउन चाहेकी थिएँ ।’ डा. इदुरदो कास्टिल्सले शिशुहरुको नाम कोरोना र भाइरस राख्ने कि भनेर मजाक गरेको र राफेलले यसलाई गम्भीर रुपमा लिएको सुनाए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *