आइसोलेसनमा उपचार गरिरहेका युवाको मृत्यु कोरोना पुष्ठि हुन् बाकि

२०७६ चैत्र १६, आईतवार १५:१६ गते २०७६ चैत्र १६, आईतवार १५:१६ गते २०७६ चैत्र १६, आईतवार १५:१६ गते

बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको आइतबार मृत्यु भएको छ।सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।थापा चैत ६ गते दुबईबाट फर्किएका थिए। उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि खाएको खुलेको डाक्टर थापाले बताए। घरमा औषधि खाँदा निको नभएपछि उनी १३ गते अस्पताल आएका थिए।थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।अस्पताल आउनासाथ उनको स्वाब निकालेर काठमाडौं पठाइएको थियो। ‘तर रिपोर्ट आइसकेको छैन,’ डाक्टर थापाले भने।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *