सिन्धुपाल्चोक – विश्वभर कोरोना भाईरस (कोभीड – १९) को महामारी फैलिएपछि नेपाल सरकारले यसको नियन्त्रण र रोकथाको लागि देश पुर्ण लगडाउन घोषणा गरेको छ । तर सिन्धुपाल्चोमा भने पुर्व स्वास्थ्य राज्य मन्त्री तथा पुर्व सूचना तथा संञ्चार मन्त्री समेत रहेका मोहन वहादुर वस्नेतले भने राहत वितरको नाममा अनावश्यक हुल जम्मा गर्ने काम गरिरहेका छन् ।शनिवार वस्नेतले ठूलो सङ्ख्यामा कार्यकर्ता सहितको टोलि लिएर सडक मजदुरलाई राहत भन्दै केही चामल, नुन लिएर लगडाउनको उल्लङ्घन गरेका छन् । यस अघि दुई पटक ठूलो कार्यकर्ताको हुल सहित सूनकोशी गाँउपालिकामा वस्नेत पुगेका थिए । वस्नेतको टोलीले गरेको गतिविधीमा स्थानियले आपत्ति जनाएका छन् । सामाजिक संञ्जालमा सुरक्षित हुन सरकारले चालेको सकारात्मक कदमको वस्नेतले ठाडो उल्लङ्घन गरेको कतिपयले उल्लेख गरेका छन् । जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले असुरक्षि आवागमन तथा हुलहुज्जत गर्न नपाइने उल्लेख गरे । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्धार नीति वाट राहत सहयोग गर्ने निर्णय भैसकेको जनाए । सरकारको नीति विरुद्धको काम कतै पाईएमा कारवाही गरिने उनको भनाई छ ।
Views: 0