सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी द्वारा निशुल्क माक्स वितरण

२०७६ चैत्र १६, आईतवार २१:२७ गते २०७६ चैत्र १६, आईतवार २१:२७ गते २०७६ चैत्र १६, आईतवार २१:२७ गते

प्रदेश अनलाइन खबर। चैत १६ काठमाडौ । कोराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्।अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ। आज सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र , को आयोजना मा टुँडालदेवी मन्दिर परिसरमा सर्वसाधारणलाई २ सय ५० थान मास्क निःशुल्क वितरण गरिएको छ।

सामुदायिक सेवा केन्द्र का अध्यक्ष राम प्रसाद न्याैपानेले बजारमा मास्कको अभाव बढ्दै जादा वडाबासीलाई रोगको संक्रमणबाट जोगिन सहज बनाउने उदेश्यले सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरिएको बताएका छन् ।महानगरीय प्रहरी वृत कमलपोखरीका प्रमुख प्रहरी नायव उपरिक्षक भरतबाबु बिकले लकडाउनको छैठौ दिनमा नेपाल प्रहरीले लकडाउन उलंघन गर्नेहरुलाई दुई घण्टा होल्ड गरेर सामाजिक सचेतना दिएको व्यापक प्रभावकारी भएको बताएका छन्। कोरोनाभाइरस महामारीलाई रोक्न नेपाल प्रहरी अत्यन्त क्रियाशीलपूर्वक कर्तव्यमा लागेको जानकारी पनि प्रहरी नायक उपरिक्षक बिकले बताएको छन्।कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीकी प्रहरी सहायक निरिक्षक कल्पना थापाका साथमा प्राज्ञिक विद्यार्थी परिषद नेपालका देवराज रिजाल लगायतको सहयोग रहेको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *