समिर नेपाल/चैत १७ काठमाडौ । कोराेनाका भाइरसका कारण विश्व नै त्रसित छ। नेपालमा पनि हालसम्म पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएकोमा एक जना निको भएर फर्किसकेका छन्। अहिले मुलुक नै लकडाउनमा छ। कोरोनाबाट बच्न मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा गर्न भनिएको छ। कल्याणकारी स्वयं सेवक संघ नेपाल ले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ११ र १२ का विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। कल्याणकारी स्वयंम सेवक संघ नेपालले वडा नं ११ का नरहरी नेपाली ,मिंग्मा शेर्पा र सुन्दर नगरकोटी र वडा नं १२ का जगन्नाथ शाह र संजु तामाङको परिवारलाई आवस्यक खाद्यान्न सामग्री वितरण गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई , कल्याणकारी स्वयंम सेवक संघ नेपालका केन्द्रिय अध्यक्ष अक्कल तामाङ,कल्याणकारी स्वयं सेवक संघ नेपाल बुढानिलकण्ठका अध्यक्ष गणेश मिश्र ,सचिव शंकर न्यौपाने सहित अन्य स्वयंसेवकले ति परिवारको घरमै पुगेर राहत वितरण गरेका हुन् । सो अवसरमा दाल, चामल, तेल, चिनी र नुन जस्ता उपभोग्य सामाग्री बितरण गरिएको थियो।

के हो त? कल्याणकारी स्वयंसेवक संघ परिवर्तनका लागि स्वयम् सेवक भन्ने भनाइलाई साक्षत रुपमा एउटा ब्यक्तिदेखि समाज, समुदाय, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्र मै स्थापित गर्न गराउन कल्याणकारी स्वयम् सेवक संघ नेपालको स्थापना भयो। बिश्वभरी नै छरिएर रहेका सबै खाले समाजका ब्यक्तित्वहरुलाई सामाजिक रुपान्तरणको लागि एकतामा ल्याउनु, बहश छलफलद्वारा स्वयम् सेवक नेतृत्वको बिकास गर्नु, विश्वब्यापी रुपमा नेट वर्कको बिकास गर्नु र ज्ञान बुद्धि विवेकको बिकास गर्दै समाजमा विद्यमान बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएका सबै खाले परिवर्तनमा जोड दिनु यसको मुख्य उदेश्य रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *