रुगा खोकी लागे के गर्ने? यस्तो छ घरेलु उपाय र समाधान जान्नुहोस् !

२०७६ चैत्र १७, सोमबार १५:१२ गते २०७६ चैत्र १७, सोमबार १५:१२ गते २०७६ चैत्र १७, सोमबार १५:१२ गते

प्रदेश अन्लाईन खबर – १७ चैत सामन्य रुघाखोकीको लागि औषधि–उपचारको आवश्यक हुँदैन । पर्याप्त तातो पानी पिउनुपर्छ । आफै निको हुन्छ तर,अहिले कोरोना भाइरसको सन्त्रास छ । कोरोनाको सुरुवाती लक्षण रुघाखोकी, ज्वरो हो । त्यसैले यतिबेला रुघाखोकी लाग्नसाथ धेरैको मनमा आशंका पैदा हुनसक्छ, कोरोनाको संक्रमण त होइन? सचेत एवं सर्तक हुनु राम्रो हो । त्यस अनुरुप सावधानी अपनाउनु अझ राम्रो हो । तर,आतंकित हुनु कुनै उपचार होइन । त्यसो त अहिलेको मौसममा रुघाखोकी लाग्नु, ज्वरो आउनु सामान्य मानिन्छ । यस्तो समस्या भएमा अस्पताल वा औषधि पसल धाइरहनुपर्दैन। घर अर्थात भान्सामा उपलब्ध सामाग्रीबाट स्वास्थ्य–लाभ लिन सकिन्छ ।

केही घरेलु बिधी:-

रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउनुभयो भने आरम मिल्छ ।

१. बेसार

रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।

२. तुलसी

तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ ।

३. अदुवा

अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।

४. अलैंची

अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।

६. हर्बल चिया

टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस् ।

त्यस्तै तपार्ईंले रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि तपाईलाई आराम गर्छ । तर, रुघाखोकी लागेको बेलामा धुमपान मद्यपान भने नगर्नुहोस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *