बिश्व बजारमा पानी भन्दा पनि सस्तो भयो तेल !

२०७६ चैत्र १७, सोमबार २३:४६ गते २०७६ चैत्र १७, सोमबार २३:४६ गते २०७६ चैत्र १७, सोमबार २३:४६ गते

एजेन्सी – तेलको मूल्य १८ वर्षकै कम मूल्यमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा अप्रशोधित तेल (ब्रेन्ट क्रुड) को माग घट्न थालेपछि मूल्य झरेको हो । अन्तर्राष्ट्रिय बजारमा सोमबार २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा तेलको मूय झरेको छ । यो सन् २००२ यताकै सबैभन्दा कम मूल्य हो । सन् २००२ मा यस्तो तेलको मूल्य प्रतिब्यारेल २० डलरसम्म झरेको थियो । त्यस्तै, डब्लुटिआई तेलको मूल्य प्रतिब्यारेल २० डलरमा झरेको छ ।

यो पनि १८ वर्षयताकै सबैभन्दा कम हो । यो वर्ष मात्रै तेलको मूल्य आधाभन्दा तल झरिसकेको छ । सोही कारण कतिपय कम्पनीले तेलको उत्पादन आधाभन्दा कम गरिसकेका छन् । कतिपयले उत्पादन नै बन्द समेत गरेका छन् । अहिले तेलको मूल्यमा भारी गिरावट आउनुको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्नुका अतिरिक्त साउदी अरब र रुसबीचको मूल्य प्रतिस्पर्धा समेत हो। यो वर्ष मात्रै तेलको मूल्य आधाभन्दा तल झरिसकेको छ । सोही कारण कतिपय कम्पनीले तेलको उत्पादन आधाभन्दा कम गरिसकेका छन् । कतिपयले उत्पादन नै बन्द समेत गरेका छन् । अहिले तेलको मूल्यमा भारी गिरावट आउनुको कारण अन्तर्राष्ट्रिय बजारमा तेलको माग घट्नुका अतिरिक्त साउदी अरब र रुसबीचको मूल्य प्रतिस्पर्धा समेत हो। रुसले ओपेक राष्ट्रहरुको निर्णयबमोजिम तेलको उत्पादनमा कटौती गर्न नमान्दा उनीहरुबीच मूल्य–युद्ध सुरु भएको थियो । तर विश्लेषकहरु भने कोरोना भाइरसको रोकथामका लागि विश्वले गर्दै आएको प्रयासका कारण तेलको मागमा कमी आएको बताउँछन् । कोरोना भाइरसको संक्रमणपछि अहिले अन्तर्राष्ट्रिय बजारमा धेरै एयरलाइन्स कम्पनीहरु ग्राउन्डेड भएका छन् । त्यस्तै, सडकमा कार र अन्य सवारी साधनको चाप पनि निकै कम भएको छ । (स्रोत -एजेन्सी)

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *