समिर नेपाल/चितवन १८ चैत चितवनको भरतपुर महानगरपालिका ४ धारापानीचोक नजिक रहेको खाद्य उद्योगमा आगलागी भएको छ । दालमोठ र फुरनदाना उत्पादन गर्ने सरस फुड इन्ड्रष्टिज उद्योगमा आज विहान ५ बजेतिर आगो लागेको प्रहरीले जनाएको छ । भरतपुर महानगरको दमकल, नेपाली सेना, प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगलागिबाट उद्योग करिव पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगो लाग्दा ठुलो आवाज आएको स्थानीयले वताएपनि कारण भने खुलेको छैन।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0