फौदारी :एक स्मृति कथा – सन्त थलङ लिम्बु

२०७६ चैत्र १८, मंगलवार १५:०३ गते २०७६ चैत्र १८, मंगलवार १५:०३ गते २०७६ चैत्र १८, मंगलवार १५:०३ गते

सन्त थलङ लिम्बु/फौदारी :एक स्मृति कथा

 

जुगौ बिते जस्तो लाग्छ हौ कुङ्ग्बा_
मात्र यादहरुको रोटेपिंगमा
फनफनी घुमिरहेछ _अतित

तमोरको पुलमुनी
कति बगिसक्यो पानी ..
माथि फ़क्ताङ्ग्लुङ्ग फेदीमा
कति पटक फुल्यो _लालीगुराश ..!
कति पटक
खै कति पटक ..!

मात्र याद बाकि छ कुङ्ग्बा
जस्तो _
माघे मेलाको फौदरीमा
तपाइको सिरुपातेले लागेको ख्याल_ख्यालमा चार इन्च
एउटा खत बनेर रहेको छ ..!

अरु त के छ
बाचिएको छ ….!

मात्र मेलामा
हजुरको चेलिहरुसंगको धान नाच छैन यतिबेला
ती मेलाका खालमा
जमेका हाक्पारे-ख्यालीहरु छैन यतिबेला ..!

तर कहाँ मर्दो रैछ र सम्झनाहरु
जस्तो हजुरको सिरुपातेले लागेको खत
जो सधै बाचिरहने रैछन …!

आखिर ..
को छ र दुनियामा अजम्बरी ..!

माघे मेला,फागुने मेला ..पुसे मेला …….
अरु कत्ति हो कत्ति मेलाहरु धाएर
अलिकति समय फाटेको हो त्यो बेला
अलिकति जीन्दगी फाटेकै हो त्यो बेला

डाइसमा थापेको च्याखेको निहुमा
त कहिले हजुरको छोरि-चेलीहरुको खुट्टा टेकेको निहुमा
कहिले तमर वारि र पारीको तन्नेरीहरुको अभिमानमा
थुतियो सिरुपाते …
घुमाइयो _घंगरुको लाठी ..!
ख्याल-ख्यालमा काटियो चार इन्च
कहिले आफुलाई-कहिले अरुलाई
थुप्रै पटक
बिना निहु -फुट्यो टाउको ..!

डबकाभरि भरि
भातिमा भरेर होस् या
तोङ्ग्बाबाट तानेको
सास्कृतिक रसको झोकमा होस्
गरियो फौदारी ..!
तर कसम ..!!
बनेन कहिले इख …!
मानौ जे भए
सब ख्याल-ख्यालमा भए

हामीले हजुरको छोरीचेली …तान्दा होस्
या हाम्रा छोरिचेली हजुरहरुले तान्दा होस्
धान-नाचको त्यो खालमा
पालामको लय पछ्याउदै …
थुप्रै पटक
ओहोर-दोहोर गरियो
मन देखि मन सम्म ..!
पत्तै नपाइ …
सपनाहरुले नौ डाडा काटे कतिबेला …
यसरि त
हजुरको सिरुपातेको चोट बाध्न
हजुरकै चेलीको मजेत्रो च्यात्नु पर्यो
हाम्रो लाठीको दुखाई मार्न
हजुरलाई पनि हाम्रै चेलीहरुको तीनपाने काम लाग्यो ….

आज समयको यो पल्लो फालमा …
मात्र अतित छ बाकि …स्मृतिहरुमा …!

समय बदलियो
र बग्यो बिचारको पहिरो ..!
आस्था भत्कियो
र पुरियो _समयको एक लहर ..!

तर
कहाँ पुरिदो रैछ र सम्झना
कहाँ मेतिदो रैछ र प्रेमको रंग .
कहाँ हराउदो रैछ र
समयले लगाएको चोटको खत …

आज पनि
फनफनी घुमिरहेको छ
सम्झनाको रोटेपिंगमा
एउटा इतिहास बनेको त्यो पल

कुङ्ग्बा .!
हजुरको के छ कुन्नि ….!

सायद
हजुर पनि सुम्सुम्याउनु हुन्छ होला कहिलेकाही
सम्झनाहरुमा बचेको त्यो ….
घंग्गरु लाठीको निलडाम ..!

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *