पुर्व राजा ज्ञानेन्द्र शाहले गरे प्रधानमन्त्री राहत कोषमा २ करोड सहयोग : विज्ञप्ति सहित

२०७६ चैत्र १८, मंगलवार २०:३२ गते २०७६ चैत्र १८, मंगलवार २०:३२ गते २०७६ चैत्र १८, मंगलवार २०:३२ गते

प्रदेश अनलाइन खबर। काठमाडौं १८ चैत  .पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री राहत कोषमा २ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।मंगलबार विज्ञप्ति जारी गर्दै शाहले कोरोनाभाइरस ( कोभिड–१९) विरुद्ध लड्न सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड दिने घोषणा गरेका हुन् ।

विज्ञप्तिमा पूर्व राजपरिवारआबद्ध हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्रले कोषलाई दुई करोड दिएको जानकारी गराएका हुन्।विज्ञप्तिमा महामारीले देश र जनतामा सन्त्रास पैदा भएको उल्लेख गर्दै ज्ञानेन्द्रले यो रकमको घोषणा गरेका हुन्। उनले विज्ञप्तिमा लकडाउनलाई बाध्यात्मक अनिवार्यताको संज्ञा दिएका छन्। उनले यसमा कोही पनि गैरजिम्मेवार हुनु नहुने कुरामा जोड दिएका छन्।

‘दुःख कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रु दुई करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘ यो कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौँ ।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *