कोभिड नाइन्टिनको संक्रमणबाट दिनमा झण्डै ५ हजार जनाको मृत्यु

२०७६ चैत्र २०, बिहीबार ०८:३८ गते २०७६ चैत्र २०, बिहीबार ०८:३८ गते २०७६ चैत्र २०, बिहीबार ०८:३८ गते

प्रदेश अनलाइन खबर। विश्वव्यापी महामारी कोरोना भाइरस अर्थात् कोभिड नाइन्टिनको संक्रमणबाट एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ। विश्वभर एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन्। एजेन्सीहरुका अनुसार अमेरिकामा विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ। त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ। त्यस्तै स्पेनमा एकैदिन ९ सय २३ जनाको मृत्यु भएको छ।

त्यहाँ ८ हजार बढी नयाँ संक्रमित थपिएका छन्। स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ। यस्तै इटलीमा हिजो ७ सय २७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ। यसैगरी हिजो साढे ४ हजार संक्रमित भेटिएका छन् योसहित इटलीमा संक्रमितको संख्या १ लाख १० हजार नाघेको छ।फ्रान्समा हिजो एकै दिन ५ सयको मृत्यु भएको छ। बेलायतमा साढे ५ सय जनाको मृत्यु भएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ३० हजार भन्दा बढी पुगेको छ। जसमध्ये झण्डै २ लाख मानिस उपचारपछि निको भएका छन् भने मृत्यु हुनेको संख्या झण्डै ४७ हजार पुगेको छ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट दक्षिण अफ्रिकाकी एक एचआईभी वैज्ञानिकको मृत्यु भएको छ। एचआईभीको उपचार र औषधि पत्ता लगाउने कार्यमा लामो समयसम्म काम गरेकी वरिष्ठ वैज्ञानिक गीता रामजीको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ। ब्रिटिश एयरवेजले कोरोना भाइरसका कारण कम्पनीको अर्थव्यवस्था कमजोर भएपछि ३६ हजार कर्मचारी कटौतिको तयारी गरेको छ। अमेरिकामा मास्कको अभाव भएपछि घरबाहिर निस्किनुपर्ने मानिसले कपडाकै मास्क भए पनि लगाउनु पर्ने छलफल सुरु भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *