स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएर सरकारले घुडा टेक्यो :नेपाली कांग्रेस नेत्री- रिता खनाल

२०७६ चैत्र २१, शुक्रबार १२:१२ गते २०७६ चैत्र २१, शुक्रबार १२:१२ गते २०७६ चैत्र २१, शुक्रबार १२:१२ गते

सरकार ले  घुडा टेक्यो! लोकतन्त्र को उपहा २०४६ को जनाअन्दोलन को सहयात्री  पार्टी  हो तत्कालिन नेकपा एमाले ! २०४६ साल चैत्र  २६ गते को मध्यरात मा बहुदल को घोषणा  भयो! तत पश्चात् का सबै चुनाव  स्थानीय  र राष्ट्रिय  चुनाव हरुमा  कहिले कांग्रेस  त कहिले नेकपा एमाले सानो ठूलो पार्टी  हुने गरि जनता बाट  अनुमोदित हुँदै आए,अधिकाश समय नेपाली  कांग्रेस नै  बहुमत र ठूलो पार्टी को हैसियत  ले सत्तासिन रह्यो भने तत्कालीन  एमाले  प्रतिपक्षमा! देशमा  राजनैतिक  उतारचढाव  रहिरह्यो! २०५२ देखि  झन्डै १० बर्ष  तथाकथित  जनयुद्द्को नाम मा हिम्सात्मक आन्दोलन जारिरह्यो तत्कालीन  माओबादी शक्तिको! सहमति  सहकार्य र एकता नै सबै लाई जोडी राख्ने समाधान र निकास को मार्ग को सुत्रपात गर्दै शान्ति  र क्रान्ति का महानायक नेपाली  कांग्रेस का तत्कालीन  सभापति र  प्रधानमन्त्री   गिरिजाबाबु ले  १२ बुदे सहमति  मार्फत २०६३ साल मङ्सिर ५ गते बृहत  शान्ती सम्झौता  मार्फत माओबादी शक्ति   लाई शान्ति को मार्ग मा अवतरण  गराउनु भयो!

२०५८ साल को दरबार हत्याकाण्ड  पछि  राजा ज्ञानेन्द्र को राज्यआरोहण पश्चात् बिकसित सबै घटनाक्रम हरु शाहिकाल को शाही कु , प्रतिगमन, संकटकाल, र निरंकुश  गतिविधि मा नेपाली  कांग्रेस को सहयात्री  पार्टी  हो तत्कालीन  एमाले र माओवादि पार्टी ! एउटामात्र  उधेस्य  निरंकुशशासन को अन्त्य र गणतन्त्र को स्थापना! साझा  उदेश्य का लागि सडक  मा उत्रदा सबै पार्टी का कार्यकर्ता, र नेता हरु प्रती हाम्रो एक आपसिय  सद्भाव सम्मान आदर र भावनात्मक प्रेम बढेको थियो! २०६२ / ०६३ को जन आन्दोलन मा यिनै शक्ति हरुको सम्युक्त नेतृत्वमा  सडक मा मानव सागर उर्लियो! जनदबाब तत्कालीन  शासक ले थेग्न सकेन ! प्रतिगमन सच्चियो! २०६४ मा संविधान सभाको निर्बाचन सम्पन्न भयो! यो निर्बाचन ले तत्कालिन नेकपा माओबादी पार्टी  लाई पहिलो  ठूलो पार्टी  बनायो ! संविधान सभा को ताजा  जनादेश बाट  गठित संविधानसभा को प्रथम  सभासद हरुको बैठक ले नेपाली कांग्रेस को नेतृत्व मा २३७ बर्ष को राजसस्था को स्थायी  बहिर्गमन  बिना रक्तपात पूर्ण  गर्यो र देश मा संघीय गणतन्त्र को जग बस्यो! २०४८साल देखि २०७४ साल सम्म आइपुग्दा सम्ममा देशमा  थरी थरि का सरकार  बने! एकल नेतृत्व ,बहुमत अल्पमत, संयुक्त  विविध प्रकारका!

सरकार र प्रतिपक्षको असामन्जस्यता ले देश मा जनता को भावना  अनुसार काम हुन सकेन! अस्थिरता राजनीतिले देशको आर्थिक  सामाजिक परिवर्तन र नेपाली जनता को जिवन्स्तर मा ठूलो नकारात्मक  असर पर्यो भन्ने ठहर नेपाली  जनता मा रह्यो! तुलनात्मक  हिसाब् ले अलिक  बढी  समय कांग्रेस  सरकार मा रहेको तथ्य  लाई गुणात्मक व्याख्या र अतिरन्जित प्रोपोगन्डा  गरेर तत्कालीन  एमाले को नेतृत्व  ले नेपाली  कांग्रेस लाई जनताको माझ मा खुइल्याउन कुनै कशरत बान्की राखेन! नेपाली  कांग्रेस  ले पनि सत्ता  सन्चालन  का  बेला  बेलामा केही त्रुटि  गरेकै हो ती कुरा लाई सच्याउदै आफुले राष्ट्र को तत्कालिन क्षमता , राष्ट्रिय  अन्तरास्ट्रिय  परिबेश भित्र राज्यको सामर्थ्य ले भ्याए सम्म जनता र राष्ट्र  निर्माणका लागि गरेका काम को सहि जानकारी समेत नागरिक को माझ पुर्याउन सकेन! नत उस्ले सत्ता सन्चालन का माध्यम  मार्फत जनस्तर सम्म लैजान सक्यो न आफ्ना पार्टी  का कार्यकर्ता लाई परिचालित गर्न सक्यो! पार्टी  भित्र पनि समानुपातिक  न्यायको सिद्दान्त स्खलित बन्दै गयो, निष्ठावान कार्यकर्ता पाखा लग्दै गए धनबाद र डनबाद्को हाबी बढदै जादा कांग्रेस  जनता को माझ बाट  झन् झन् कमजोर बन्दै गयो उता एमाले पार्टी र तिन्का नेता केपी  ओलि को उग्रराष्ट्रवाद को खोक्रो  धङधङी ले जनता लाई भ्रमित  गर्दै लग्यो! अस्थिर  र परिवर्तन को ठुलो अपेक्षा  गरेका जनता को चरम निराशा ले एउटा  शक्तिशाली  स्थिर सरकार  को पक्ष  मा जनमत  बन्दै गएको र बनाउनका लागि सबै प्रपन्च रचिएको माहोल मा मौका मिलाएर चौका  हान्यो केपि ओलिको सोच र नेतृत्व ले!!

२०७४ को संघीयर प्रदेश सभा को निर्बाचन सम्म आइपुग्दा चरम सत्तालिप्साको खेल मा निर्लिप्त २ कम्युनिस्ट पार्टी  हरुको अपत्यारिलो चमत्कारिक ढंगले  चुनाबी तालमेल  भयो  बर्तमान नेकपा को! सुखी नेपाली  समृद्ध नेपाल! स्थिरता को सरकार को नारा दिएर जनता को मनोदशा अनुकुलको दिग्भ्रमित  घोषणा पत्र मैदान मा छरेर चुनावमा भिडयो नेकपा उता दुई कम्युनिस्ट हरुको एकता ले कम्जोर मनोबल भैसकेका कार्यकर्ता  लाई उच्च मनोबल का साथ  चुनावमा पठाउनु पर्ने कांग्रेस  ले नत लोकप्रिय  उम्मेदवार छान्नुपर्छ भन्ने सोच्यो नत विधि बिधान  भित्र रहेर गूट  भन्दा माथी उठेर निस्पक्ष रहि न्यायोची बितरन गर्यो!  नव घटीत कम्युनिस्ट  हरुको एकता  र आफ्नै पार्टी भित्रको चरम मनोमालिन्य र स्वेच्छाचारी  ढंगले  बितरित टिकट  ले दोहोरो बिरक्ती र टुटेको मनोबल  को कार्यकर्ता र कांग्रेस सङ कम बिस्वास हुँदै गएको जनता को माझ बाट कांग्रेस  इतिहास कै शर्मनाकहार को अवस्था मा अत्यन्तै  झिनो आकार मा खुम्चिएको अवस्था मा चुनावी परिणाम  स्वीकार्न बाध्य हुनुपर्यो भने नेकपा लाई प्रचण्ड  बहुमत  मा सत्तासीन  गरिदिए जनता जनार्दनशक्तिले!  दुइतिहाइ को बहुमत पुर्याइ सत्तासीन  भएका अत्यन्तै  आशालाग्दा धेरै  महत्वाकांक्षी  सपना बाडेका केपि शर्मा ओलि प्रधानमन्त्री  भएको सरकार  सङ  नेपाली जनता असाध्यै खुशिका साथ बडो आशा गरेर बसेका थिए समृद्धि  को!

दिन हरु बित्त्दै गए!  ओलि जि का मिठो  सपना हरु मा सुर्कैदै थि ए नागरिक तर त्यो चुनाव पुर्ब का बाचा सन्कल्प हरुमा तुसारो पर्दै गयो! सपना उल्टो  हुँदै गए   ओलि सरकार को २ बर्से कार्यकाल  सम्म आइपुग्दा लआज यो विश्व कोरोना भाइरस को महामारी ले रुवाबासी मा छ! विश्व चिहान बन्दै गएको छ! कति बेला मेरै  अन्तिम घडि हुने  हो भनेर मान्छे जिवन को सबैभन्दा  ठूलो मृत्युु को भए सङ त्रसित छ यस्तो  विषम परिस्थितिमा  पनि शृङ्खला बद्द भ्रस्टाचार मा फस्दै आएको सरकार विश्व बैंक को ऋण तमाम नेपाली को थाप्लो मा बोकाएर स्वस्थ्य सामाग्री र उपकरण  खरिद प्रक्रियामा समेत निर्लिप्त भएर भ्रस्टाचार गरेको पुष्ठि  उस्कै मन्त्रीपरिसद्ब्को बैठक को निर्णय ले गरिसक्यो! यो भ्रष्टाचार मात्र होइन महाअपराध नै मानव सभ्यताको इतिहास  मा! अझै जनताको माझ मा सर्बाङ्ग नाङिएको अवस्थामा अस्वस्थ  प्रधानमन्त्री  राजिनामा दिएर मार्ग प्रशस्त  गर्नुको साटो दुइतिहाइ को जनमतप्राप्त  पूर्ण  लोकतान्त्रिक  प्रक्रिया  बाट  सत्तासीन  भएको सरकार ले कोरोना भाइरस covid -19  उपचार र नियन्त्रण का लागि आबस्यक सामाग्री  र उपकरण  खरिद को जिम्मेवारी  नेपाली सेना लाई दिने रे!

प्रधानमन्त्री ज्यु तपाइको क्याबिनेट का सबै मन्त्री  हरु सङ  बिस्वास गुमेको हो? हो भने राजिनाम दिनुस अब तपाईं शारीरिक  मानसिक र  परिस्थिति  सबै कारण ले असक्षम हुनुभयो! लोकतान्त्रिक  पद्धति बाट  तपाईं कै पार्टी भित्र बाट  सरकार  बनाउनुस र लोकतान्त्रिक  प्रक्रिया  र पद्धति बाट नै सरकार सन्चालन गर्नुस भन्ने सुझाव  दिन चहान्छु!जननिर्वाचित  दुइतिहाइको सरकार ले यसरी लोकतान्त्रिक  पद्धति भित्र  थुप्रै  बिकल्प रहदा रहदै यो जिम्मेवारी  सेना लाई हस्तान्तरण गर्नु किमार्थ लोकतन्त्र को भावना  र मुलमर्म बमोजिम हुनेछैन! ! ईतिहास ले महाभूल र महाकलन्क साबित गर्नेछ! समय छ्दै सम्भाबित गल्ती लाई सच्याइयोस!नेपाली कांग्रेस महिला नेत्री रिता खनालले सामाजिक संजाल फेस्बुक मार्फत आफ्नो बिचार प्रस्तुत गरेकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *