किन निकटबाटै चिढिए ओली

२०७६ चैत्र २१, शुक्रबार १२:५२ गते २०७६ चैत्र २१, शुक्रबार १२:५२ गते २०७६ चैत्र २१, शुक्रबार १२:५२ गते

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम एवं उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री खरिद ठेक्का विषयलाई लिएर आफू नजिकका नेताहरूसँग चिढिएका छन्। विपद्का बेला सरकारले गरेका काम केही निकट मन्त्री र आफ्नो सचिवालयका सदस्यलाई जोडेर विवादमा आएपछि ओली रिसाएका हुन्। मन्त्रिपरिषद्को आइतबारको बैठकमा ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग चीनबाट स्वास्थ्य सामग्री खरिद प्रक्रिया किन विवादित भयो भनेर चासो राखेका थिए।

ओलीले बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री ढकाललाई ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग करिब एक अर्ब २५ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिदसम्बन्धी ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएका थिए। ‘विपद्का बेला सस्तो महँगो जे होला तर सामान त राम्रो ल्याउनुपर्छ, जनताको स्वास्थ्यभन्दा ठूलो कुरा अरु छैन। कम गुणस्तरका सामान ल्याएर मनलाग्दी गर्ने यो ठेक्का आजै रद्द गर्नू’, ओलीको निर्देशन उद्धृत गर्दै बालुवाटार निकट स्रोतले भन्यो, ‘यसबाट प्रधानमन्त्रीज्यू आफ्नो सचिवालय सदस्य र निकट मन्त्रीसँगसमेत रिसाउनु भएको छ।’नागरिक दैनिकबाट साभार

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *