कोरोनाबाट आफु बाचौं, भ्रस्ट्राचारबाट देशलाई बचाउँ अभियानको सुरुवात

२०७६ चैत्र २१, शुक्रबार २०:५९ गते २०७६ चैत्र २१, शुक्रबार २०:५९ गते २०७६ चैत्र २१, शुक्रबार २०:५९ गते

प्रदेश अनलाइन खबर। काठमाडौं – विश्व मानव जगत अहिले कोरोना भाइरस (कोभिड १९) को भयावह स्थितीबाट गुज्रीरहेको छ । नेपालमा पनि विहीबार सम्म यसका ६ जना संक्रमितहरु भेटिसकेका छन । संक्रमित मध्य एक जना निको भइसकेका छन भने पाँच जना उपचारका क्रममा रहेका छन । स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले विहीबार सम्म नेपालमा ११८४ वटा नमुना परीक्षण भएको बताएका छन । मन्त्रालयले हाल १०५ जना कोरोना भाइरस संक्रमणको आशंकामा आइसोलेसनमा रहेको कुरा बताएको छ ।

एकातर्फ सरकारले कोरोना रोकथाम तथा उपचारका लागि प्रत्यक स्थानिय तह तथा केन्द्रमा क्वारेन्टाइन र अस्पतालहरुमा आइसोलेशन बेडहरु थप्ने काम तीब्रताका साथ गरिरहेको छ भने अर्को तर्फ सरकारले विमान नै चाटर्ड गरी ल्याएका कोरोना उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य किट गुणस्तरहीन भएको कुरा बाहिर आइरहेको छ । विश्वका स्वास्थ्य सेवाका हिसाबले पाँचौ स्थानमाा पर्ने इटाली र विश्वकै शक्तिशाली मुलुक अमेरिका त कोरोना भाइरसका कारण हात उठाउने अवस्तामा आइसकेका छन् । सोचैं हाम्रो जस्तो देशमा महामारीले विकराल रुप लिएमा हामी के गर्न सक्छौं होला हुनत हामीसँग उनीहरुको मुलुकमा जस्तो स्वास्थ्य सेवा छ न त पर्याप्त स्वास्थ्य उपकरण । त्यसमा पनि सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामग्रीमा उच्च स्तरमा बसेका जिम्मेवार व्यक्तिहरुबाटै करोडौं अनियमितता गरी गुणस्तरहीन स्वास्थ्य सामग्री ल्याएको आरोप लागिरहेको छ ।

देशको यस्तो गम्भिर अवस्थाका साथै जनताको स्वास्थ्यमा खेलबाड गर्ने ती भ्रष्टचारीको आखाँ खोल्न र हराएको मानवियता जगाउँन सौन्दर्य विद तथा भ्रष्टचार विरोधि अभियान्ता सुषमा महराले नोबेल कोरोनाबाट आफु बाचौं, भ्रष्टचारबाट देशलाई बचाउँ अभियानको सुरुवात गरेको छ । यो अभियान अन्तर्गत आज (शुक्रबार ) विहान १० सबैले आफ्नो घरको छत अथवा कौसीमा गई थाली पिटेर भ्रष्ट नेता तथा कर्मचारीको विरोध गरेको छ । उनले यस अभियानका बारेमा कुरा गर्दै देश कोरोना भाइरसको चपेटामा परेर लकडाउनको अवस्थामा रहेको समयमा पनि आम मानिसको स्वास्थ्यमा खेलवाड गरी गुणस्तहीन सामग्री ल्याउने भ्रष्ट्र नेताको कान सम्म विरोधको आवाज पुगोस् भन्ने उद्देश्यले यस अभियानको आयोजना गरेको कुरा बताइन ।

उनले भनिन सरकारको जिम्मेवार पदमा बसेका व्यक्तिहरु यो समयमा झनै संयमित भइ जनताको हकहितमा काम गर्नु बेलामा आफै भ्रष्टचारमा लिप्त छन । यो टुलुटुलु हेरेर बस्न सकिने कुरा होइन ,जनता अब पनि नबोले कहिलो बोल्ने त्यसैले यसको विरोधका लागि यो अभियान चलाएकी हुँ । यस्तै यस अभियानमा हाते मालो गरीरहेका नेपाल खेलकुद प्रशिक्षक संघका अध्यक्ष महेश नेवा भ्रष्ट्र चारले एकातिर देश थल्थलेको छ भने आर्को तिर कोरोनाको महामारीले यसकारण अहिले सबै जनताले शरीरको साथ साथै देशको पनि हेरचाहर गर्ने बेला आएको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *